ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

एक पाठकको ह्दयदेखि शुभकामना

२०७८ भदौ, २१  
पाठक विचार
Chelsea International NA

न्यू बिजनेश एज प्रालिद्वारा प्रकाशित आर्थिक अभियान दैनिक स्थापनाको १५ वसन्त पूरा गरी १६औं वर्षमा प्रवेश गरेकोमा एक नियमित पाठकका हैसियतले अत्यन्त हर्षित छु । मुलुकको आर्थिक गतिविधिको सजीव चित्रण गर्दै नयाँनयाँ विषय उठान गर्दै आएको यस दैनिकको १६औं वार्षिकोत्सवको पावन अवसरमा उत्तरोत्तर प्रगतिको हार्दिक कामना गर्दछु । आर्थिक दैनिकमा प्रकाशन हुने समाचार र दृष्टिकोण सबै हिसाबले उत्कृष्ट र विचारोत्तेजक छन् । आर्थिक अनियमितताका मुद्दा उठाएर यसले नीति, निर्मातादेखि लेखा उत्तरदायी अधिकृतसम्मलाई झक्झक्याएको छ । यसको मूल्याकंन राज्यले गरोस् वा नगरोस्, आम सर्वसाधारणबाट भएको छ । कभर पेजको हरियो रङले पाठकको मस्तिष्कलाई शीतलता प्रदान गर्छ भने सम्पादकको व्यंग्यात्मक स्तम्भले हास्य रस पैदा गर्छ । आगामी दिनमा भाषिक शुद्धता र मिठासलाई ध्यानमा राख्दै नवीन सामग्री पस्किनु नित्तान्त आवश्यक छ । छापा संस्करणलाई राजधानीका सरकारी, गैरसरकारी कार्यालयदेखि दूरदराजका गाउँसम्म पुर्‍याउनु आवश्यक देखिन्छ । साथै दैनिकले दिन खोजेको सन्देश सरोकारवालासम्म पुर्‍याउन प्रकाशित सामग्रीको सामाजिक सञ्जालमार्फत व्यापक प्रचार प्रसार जरुरी छ । कार्यालयका टेबलमा हार्डकपी र फेसबुक, ट्वीटरका भित्तामा अनलाइन समाग्री देख्न पाइयोस् । हरेक पुस्तक पसलमा पत्रिका झुन्डाइएको हेर्ने अवसर प्राप्त होस् ।

कोभिड–१९ महामारीका कारण अर्थतन्त्रमा परेको प्रभावबाट निश्चय पनि यो दैनिक अछुतो रहन सकेको छैन । व्यवस्थापनले आर्थिक रूपमा पत्रिकालाई सबल बनाउन आवश्यक रणनीति अवलम्वन गर्नु आवश्यक छ । यो मुलुकको दीनता हटाउन अन्य विषयका बहसभन्दा आर्थिक समृद्धिको बहस नै प्राथमिकताका साथ उठान गर्नुपर्छ । तसर्थ, राज्य र निजीक्षेत्रले विज्ञापनका माध्यमबाट यस दैनिकलाई जीवित रहने अवसर दिनुपर्छ । अखबारमा कार्यरत जनशक्तिलाई यथाशक्य सुविधा प्रदान गरी काम गर्ने ऊर्जा उत्पन्न गर्नु पनि उत्तिकै जरुरी छ । आर्थिक क्षेत्रलाई मुख्य विषयवस्तु बनाएर प्रकाशित हुने पत्रपत्रिकामध्ये यो दैनिक अब्बल ठहरियोस् भन्ने ह्दयदेखि नै शुभकामना व्यक्त गर्दछु ।

माधव अधिकारी, काठमाडौ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्