ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

नेपाल बैंकका कर्मचारीसहित तीन जना विरुद्ध मुद्दा दायर  

२०७८ भदौ, २२  
समाचार
Chelsea International Image Not Found
author avatar अभियान संवाददाता

भदौ २२, काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नेपाल बैंकको सर्लाहीस्थित मलंगवा शाखाका कर्मचारीविरुद्ध मंगलवार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले लालबन्दी नगरपालिकाको भवन बनाउन ठेक्का दिंदा ठेकेदारलाई नक्कली अग्रिम जमानतको आधारमा भुक्तानी गरेको आरोपमा बैंकका सहायक कर्मचारी सन्तोषविक्रम शाहसहित तीनजनाविरुद्ध मुद्दा दायर गरेको हो ।


शाहले अग्रिम भुक्तानी जमानत बनाई ४२ लाख रुपैयाँ भुक्तानी दिएर सरकारी रकम हिनामिना गरेको अख्तियारको आरोप छ ।

 सोही कार्यमा अख्तितयारले भुक्तानी नक्कली जमानत तयार पारेको आरोपमा लोकबीर बेताली/ पाँच कुमारी जेभीका साझेदार तथा  ठेकेदारहरु  अनिल गुप्‍ता र शिवनन्दन पासवानविरुद्ध पनि अख्तियारले मुद्दा दायर गरेको छ । अख्तियारले उनीहरुविरुद्ध ४२ लाख रुपैयाँ विगो मागदावी पनि गरेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्