ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

माग सुस्ताउने अनुनमान बीच घट्यो तेलको भाउ

२०७८ भदौ, २२  
अन्तरराष्ट्रिय
Chelsea International Image Not Found

भदौ २२, लन्डन (बेलायत) । अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको भाउ घटेको छ ।

 साउदी अरबले एशियाका लागि कच्चा तेलको मूल्य घटाएपछि माग सुस्ताउन लागेको हो कि भन्ने आशंका पछि तेलको भाउ प्रभावित भएको हो । तर चीनको आर्थिक तथ्यांक र अमेरिकाको उत्पादनमा अवरोध आएको तथ्यांकले भने भाउ धेरै घट्न दिएन । 

ब्रेन्ट क्रुडको भाउ प्रतिब्यारेल २७ सेन्ट (शून्यदशमलव ४ प्रतिशत) ले घटेर ७१ डलर ९५ सेन्टमा आएको थियो । सोमवार पनि ब्रेन्टको भाउमा ३९ सेन्टको कमीआएको थियो । वेष्ट टेक्सस इन्टर मिडियटको भाउ पनि ७६ सेन्ट (१ दशमलव १ प्रतिशत) को कमीसहित ६८ डलर ५३ सेन्टमा आयो ।

साउदी अराम्कोले आइतवार एशियामा विक्री हुने सबै खालको क्रुड आयलका लागि अक्टोर डेलिभरीको आधिकारिक विक्री मूल्य (ओएसपी) प्रतिब्यारेल कम्तिमा एक डलरले घटाएको थियो । 

मूल्यमा गरिएको यति ठूलो कटौतीले विश्वको शीर्ष तेल आयातकर्ता देशको खपत सुस्ताउने संकेत गरेको छ । यद्यपि चीनको सुदृढ आर्थिक सूचकांक र समुद्री आँधी इदाका कारण अमेरिकी आपूर्तिमा आइरहेको निरन्तर अवरोधले पनि तेलको भाउलाई टेवा मिलेको हो । एजेन्सी
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्