ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

विद्युतीय सवारीको ब्याट्री प्रविधि विकासमा १३ अर्ब ५० करोड डलर खर्चदै टोयोटा 

२०७८ भदौ, २२  
अन्तरराष्ट्रिय
Chelsea International Image Not Found

भदौ २२, टोकियो (जापान) । जापानी अटो निर्माता कम्पनी टोयोटा मोटर कर्पोरेशनले मंगलवार ब्याट्री र ब्याट्री आपूर्ति प्रणालीको विकास गर्न १३ अर्ब ५० करोड डलर खर्च गर्ने घोषणा गरेको छ । 

कम्पनीले आगामी दशकमा स्वचालित प्रविधिमा अग्रणी बन्ने प्रयासमा सन् २०३० सम्ममा सो रकम खर्च गर्न लागेको हो । कम्पनीले आगामी वर्ष आफ्नो पूर्ण विधुतीय सवारी साधन बजारमा ल्याउँदैछ । 

ब्याट्रीमा प्रयोग गरिने सामाग्री र सेलको संरचनामा काम गरेर ब्याट्रीको लागत ३० प्रतिशतसम्म घटाउने लक्ष्य टोयोटाको छ ।

स्वचालित प्रविधि र विद्युतीय सवारी साधनतर्फको रुपान्तरणका लागि थप खर्च गरिने मंगवार रजर्मन अटो निर्माता कम्पनी फक्सवागनले बताएको थियो । 
आफ्नो व्यवसायमा कम्पनीले सन् २०२५ सम्ममा १ खर्ब ७८ अर्ब डलर खर्च गर्ने योजना कम्पनीको छ । एजेन्सी
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्