ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

सल्यानका ५ ठाउँमा शुद्ध पानी निकाल्ने मेसिन जडान

२०७८ भदौ, २२  
कर्णाली प्रदेश
Chelsea International Image Not Found
author avatar अभियान संवाददाता

भदौ २२, सल्यान । सल्यानका पाँच ठाउँमा शुद्ध र औषधियुक्त पानी निकाल्ने कांगेन मेसिन जडान गरिएको छ । 

यो मेसिनले छरितो र सहज रुपमा सात प्रकारको फरक फरक विशेषता र गुण भएको पानी निकाल्ने दाबी गरिएको छ । जिल्लाको दार्मा गाउँपालिकामा दुई ओटा, कपुरकोट र त्रिवेणी गाउँपालिका तथा शारदा नगरपालिकामा एक/एक ओटा कांगेन मेसिन जडान गरिएको हो । 

कपुरकोट गाउँपालिकाको वडा नम्बर १ दहवनमा जडान गरिएको कांगेन मेसिनको उद्घाटन गर्दै कपुरकोट गाउँपालिकाका अध्यक्ष भिम बहादुर सेनले पानी पिउन योग्य भएन भने धेरै किसिमका रोगहरु लाग्ने भएकाले शुद्ध पानीको प्रयोगमा जोड दिए । 

गाउँपालिकाले विभिन्न मुहानको पानीको परीक्षण तथा शुद्धता जाँच कार्यक्रम गरेको जनाउँदै यस वर्ष पनि खानेपानी तथा सरसफाई योजना अघि सारिएको जानकारी गराए । 

यसका लागि पाँच लाख रुपैयाँ विनियोजन गरिएको कपुरकोट गाउँपालिकाले जानकारी दिएको छ । कपुरकोट १ मा साधारण पानीलाई पनि छानेर शुद्ध र स्वच्छ बनाउने मेसिन जडान भएपछी यहाँका ६० घरधुरीले यसको उपभोग गर्न पाउने भएका छन् । 

शून्य लगानीमा ६० घरधुरीले कांगेन मेसिनले प्रशोधन गरेको पानी प्रयोग गर्न पाउने भएको परिवर्तन सप्लायर्सका निमित्त प्रवन्धक निराजन विकले बताए । 

एउटा मेसिनको मूल्य पाँच लाख १० हजार रहेको छ भने जडान गर्दा करीब २२ हजार रुपैयाँ खर्च भएको छ । र यो खर्च परिवर्तन सप्लायर्स र डिजिटल टेक्नोलोजि नेपालले व्यहोरेको विकले बताए । जापानिज टेक्नोलोजिबाट निर्मित यो मेसिनले साधारण पानीलाई शुद्ध र स्वस्थ्य बनाउनका साथै पिउन योग्य बनाउने उनको दाबी छ ।

मेसिनबाट प्रशोधित पानी वितरण र आवश्यक समन्वय तथा सहजिकरणका लागि एक जना सहजकर्ता पनि नियुक्त गरिएको परिवर्तन सप्लायर्सका रोशन केसीले बताए । 

उनका अनुसार कांगेन मेसिनबाट प्रशोधित पानीले विभिन्न सर्ने तथा नसर्ने रोगहरु ब्लड प्रेसर, वाथ रोग, ग्याष्ट्रीक, अलसर, क्यन्सर जस्तो रोग निको बनाउन समेत मद्धत गर्ने दाबी गरिएको छ  । 

सल्यानमा तत्काल थप आठ ओटा मेसिन जडान गर्न लागिएको पनि केसीले बताए । पाँच वर्षको वारेन्टी रहेको यो मेसिन १५ देखी २० वर्षसम्म प्रयोग गर्न सकिने उनले बताए । 

उनका अनुसार मेसिनमा प्लाटिनियम कोडेड र टाइटानियम प्लेट जस्ता महँगा प्लेटहरु र चुम्बकिय शक्ति जडन गरिएको हुन्छ । प्लाटिनियम कोडेड र टाइटानियम प्लेट सुन भन्दा पनि दुई गुणा महँगो धातु भएको बताइएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्