ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

चीनको निर्यातमा अनपेक्षित वृद्धि 

२०७८ भदौ, २२  
अन्तरराष्ट्रिय
Chelsea International Image Not Found

भदौ २२, पेचिङ (चीन) । यस वर्षको अगष्ट महीनामा चीनको निर्यात अनपेक्षित रुपमा बढेको छ । 

विश्वभर सुदृढ मागका कारण गतमहीना निर्यात बढेको हो । गत वर्षको सोही अवधिको तुलनामा अगष्टमा निर्यात २५ दशमलव ६ प्रतिशतले बढेको छ । यो अघिल्लो महीना समाचार एजेन्सी रोयटर्सको जनमत सर्वेक्षणले देखाएकोभन्दा धेरै हो । 

जुलाईमा निर्यात १९ दशमलव ३ प्रतिशत बढेको थियो । सो अवधिमा निर्यात १७ दशमलव १ प्रतिशतले बढ्ने रोयटर्सको जनमत सर्वेक्षणमा संलग्न विश्लेषकहरुले बताएकाथिए ।

समीक्षा अवधिमा आयात पनि गत वर्षको सोही अवधिको तुलनामा ३३ दशमलव १ प्रतिशतले बढेको छ । सो अवधिमा आयात २६ दशमलव ८ प्रतिशतले बढ्ने सर्वेक्षणले देखाएको थियो ।

अघिल्ला महीना पनि आयात २८ दशमलव १ प्रतिशतले बढेको थियो । अगष्टमा बाँकी विश्वसँगको व्यापारमा चीनलाई ५८ अर्ब ३४ करोड डलर बचत भएको छ । 

जुलाईमा यस्तो बचत ५६ अर्ब ५८ करोड डलर थियो भने जनमत सर्वेक्षणमा विश्लेषकहरुले व्यापार बचत ५१ अर्ब ५ करोड डलर हुने बताएका थिए । जुलाईमा ३५ अर्ब ४० करोड डलर रहेको अमेरिकासँगको व्यापार बचत गत महीना बढेर ३७ अर्ब ६८ करोड डलरमा पुगेको छ । एजेन्सी
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्