ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

करदाता सेवा कार्यालय भोजपुरद्वारा १७ करोडभन्दा बढी राजस्व संकलन 

२०७८ भदौ, २२  
प्रदेश ०१
Chelsea International Image Not Found
author avatar अभियान संवाददाता

भदौ २२, भोजपुर । भोजपुरमा करको दायरामा आउने मानिसको संख्यामा वृद्धि भएको छ । गत वर्ष जिल्लामा करदाता सेवा कार्यालय स्थापना भएपछि करको दायरामा आउनेको संख्यामा उल्लेख्य रुपमा वृद्धि भएको कार्यालयले जानकारी दिएको छ ।

अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा रू. १४ करोड १३ लाख ६६ हजार राजस्व संकलन भइसकेको र कर तीन आउनेको संख्या जारी रहेकोले यो रकम अझ बढ्ने कर अधिकृत रुपक न्यौपानेले बताए ।

हालसम्म आयकर रू. नौ करोड ६८ लाख ३२ हजार, घर बहाल कर रू. एक करोड २४ लाख ७२ हजार, ब्याज कर रू. आठ लाख २५ हजार, मूल्य अभिवृद्धि कर रू. छ करोड २२  हजार र अन्त शुल्क रू. १८ लाख ५४ हजार संकलन भएको कार्यालयले जानकारी दिएको छ ।  

‘कार्यालय स्थापना भएर यहीबाट सेवा सञ्चालनमा आएपछि करको दायरामा आउने मानिसहरुको संख्या उल्लेख्य रहेको छ । यो आर्थिक वर्षको पहिलो महीना (साउन) मा मात्र रू. तीन करोड चारलाख ४० हजार राजस्व संकलन भएको छ ।’ 

अधिकृति न्यौपानेले भने, कार्यालय स्थापना हुँदाको अवस्थामा तीन हजार ८९३ करदाता रहेकोमा एक वर्ष अवधिमा दुई हजार ३२१ नयाँ करदाता थपिएर अहिले छ हजार २१४ पुगेको अधिकृत न्यौपानेको भनाइ छ । 

कर अधिकृत न्यौपानेले भने ‘करदाताको झण्डै ५० प्रतिशत संख्यामा बढेको छ । यो यहि कार्यालय स्थापना भएको सकारात्मक प्रभाव पनि हो । हुन त अन्य ठाउँको तुलनामा खासै ठुलो रकम त होइन यदपी यहाँको बजारको अवस्था, भुगोल, जनसंख्या, उद्योग व्यवसायलाई हेर्दा यो धेरै ठूलो उपलब्धी हो ।

जिल्लामा कार्यालय स्थापना भएपछि भोजपुरका सेवाग्राहीलाई सेवा लिन सहज भएसँगै करको दायरामा आउनेको संख्या दिनानुदिन बढी रहेको कार्यालयको भनाइ छ । विगतका दिनमा कार्यालय नहुँदा कर तिर्नको लागि तीन दिन लगाएर धरान धनकुटा पुग्नु पर्ने बाध्यता थियो । तर गत असोज महीनामा यहाँ नै कार्यालय स्थापना भएपछि त्यो अवस्था अन्त्य भएको स्थानिय दातेन्जी शेर्पाले बताए ।

कार्यालय आसपासमा बैंकका शाखा नभएकाले बैंक मार्फत राजस्व भुक्तानी गर्न केहि झन्झट भएकोले जनिकै बैंकको शाखा स्थापान गर्नु पर्ने उनीहरुको माग छ ।

करदाता सेवा कार्यालयमा अनलाईन सेवा समेत सञ्चालन भएकोले २० लाखसम्मको कारोबार गर्ने निजी फर्म तथा उद्यमीहरुले घरबाटै कर तिर्न सक्ने समेत कार्यालयले जानकारी दिएको छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्