ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

‘पर्यटन पुनरुत्थानका लागि सरकार–निजीक्षेत्र सहकार्यको खाँचो’

२०७८ भदौ, २३  
प्रदेश ०२
Chelsea International NA
author avatar अभियान संवाददाता

वीरगञ्ज । कोरोना महामारीका कारण थला परेको पर्यटन व्यवसायको पुनरुत्थानका लागि तहगत सरकार र निजीक्षेत्रबीच सहकार्यको आवश्यकता औंल्याइएको छ । गण्डकी प्रदेशका उद्योग, पर्यटन तथा वनमन्त्री मणिभद्र शर्माको नेतृत्वमा आएको टोली र वीरगञ्जका उद्यमी व्यवसायीबीच वीरगञ्जमा हालै भएको अन्तरक्रियाका सहभागीले यस्तो बताएका हुन् ।

कार्यक्रममा गण्डकी प्रदेशका उद्योग, पर्यटन तथा वनमन्त्री शर्माले कोरोना महामारीका कारण संकटमा परेको पर्यटन क्षेत्रको पुनरुत्थानका लागि गण्डकी प्रदेश सरकारले रचनात्मक कार्ययोजना अघि सारेको दाबी गरे ।

आन्तरिक पर्यटन प्रवद्र्धनका लागि प्रदेश सरकारले पर्यटनसम्बन्धी कानूनको मस्यौदा तयार गरेको र त्यसमा थप्नुपर्ने विषय तथा संशोधनका बारेमा सरोकारका पक्षसँग सुझाव मागिएको पनि मन्त्री शर्माले बताए ।

गण्डकी प्रदेशले ल्याउने कानून पर्यटन व्यवसायमैत्री हुने प्रतिबद्धता उनले व्यक्त गरे  । ‘पर्यटन क्षेत्र नेपालको एक प्रमुख आयआर्जनको स्रोत हो । यसको उन्नयनबाटै राष्ट्रिय, प्रादेशिक र स्थानीय अर्थतन्त्रको सबलीकरण सम्भव भएकाले यसमा सरोकारका सबै पक्षको रचनात्मक भूमिकाको खाँचो छ,’ मन्त्री शर्माले भने ।
 
कार्यक्रममा वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुबोधकुमार गुप्ताले प्रदेश २ मा रहेका पर्यटकीय क्षेत्रको प्रवद्र्धन र विकासमा संघले आफ्नो भूमिका निर्वाह गर्दै आएको बताए । वीरगञ्ज र आसपासका क्षेत्रको पर्यटकीय सम्भावना उजागर गरिनुपर्नेमा अध्यक्ष गुप्ताले जोड दिए । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश २ का अध्यक्ष गणेशप्रसाद लाठले २ नम्बर प्रदेशमा धार्मिक पर्यटनको सम्भाव्यता रहेको बताए ।

नेपाल र भारतको सामाजिक र संस्कृतिक सम्बन्धका कारण पनि भारतीय पर्यटकको सम्भावना अधिक रहेकाले भारतीय पर्यटक भित्र्याउनुपर्ने अध्यक्ष लाठको भनाइ थियो । अहिले कोरोनाका कारण पर्यटन समस्यामा परेका बेला भारतीय पर्यटकलाई ल्याउन सहजीकरणका उपायमा केन्द्रित हुनुपर्ने उनको सुझाव थियो । हालै सिमरा र पोखरा सीधा हवाई सेवा शुरू भएकाले यसले भारतीय पर्यटकलाई थप आकर्षित गर्न सक्ने उनले औंल्याए । कार्यक्रममा बुद्ध एयरका सञ्चालक परासरजंग पाण्डेले वीरगञ्ज नाका भएर भित्रिने भारतीय पर्यटकलाई लक्षित गरी बुद्ध एयरले बुधवारदेखि सिमरा–पोखरा सेवा शुरू गरेको बताए ।

आउने २÷३ महीनाभित्रै हवाई यात्रा सोचेभन्दा सुलभ भाडादरमा उपलब्ध हुने दाबी समेत उनले गरे । यसबाट वीरगञ्ज र आसपासका क्षेत्र र पर्यटकीय नगर पोखराबीच पर्यटन प्रवद्र्धनमा सहकार्य र सहयोग प्रवद्र्धन हुने उनले बताए ।

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्