ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

नेशनल माइक्रोफाइनान्सकोे लिलामी शेयरमा आवेदन गर्ने आज अन्तिम दिन 

२०७८ भदौ, २३  
लगानी
Chelsea International Image Not Found
author avatar अभियान संवाददाता

भदौ २३, काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको लिलामी शेयरमा आवेदन गर्ने अन्तिम दिन आज (बुधवार) बुधवार रहेको छ ।

कम्पनीले भदौ १५ गतेदेखि १८ हजार कित्ता संस्थापक शेयर लिलाीमा ल्याएको हो । शेयरको न्यूनतम मूल्य रू. १ हजार २२ तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी आज बैंकिङ समयसम्म बोलपत्र पेश गर्न सकिनेछ । 

इच्छुक आवेदकले उक्त शेयर खरीदका लागि बोलपत्र पेश गर्दा न्यूनतम १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् भने अधिकतमको लागि कुनै हद नलाग्ने कम्पनीले बताएको छ ।

बुधवारसम्म प्राप्त भएका बोलपत्र आगामी भदौ २४ गते अपरान्ह ४ बजे सिद्धार्थ क्यापिटल नारायाणचौर, नक्सालमा खोलिने पनि कम्पनीले बताएको छ । विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्