ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

कोठा कोठामा कलेज

२०७८ भदौ, २३  
१० वर्ष अघि
Chelsea International NA

असारे हतारोले किसानहरूलाई धान रोप्नमात्र होइन, त्योभन्दा बढी हतारो कलेजको खेती गर्नेहरूलाई विद्यार्थी नामका बिरूवाले आफ्नो टहरो भर्नमा छ । शहरबजारका अलि हेर्न हुने हरेक घरका चोटा र कोठामा स्कुल कलेजका बोर्ड पढ्न पाइन्छन् । ती बोर्डले छेकेको कोठा र टहराभित्र चाहिँ के पढिन्छ पढाइन्छ भन्ने अज्ञात नै छ । तैपनि शहरमा सबैलाई शिक्षा दिने सरकारको सपना यसरी निजी क्षेत्रले पूरा गरिदिन लागेकामा सबै दंग छन् । अभिभावक र विद्यार्थीहरूको सपना त यी चोटे कोठे टहरे कलेजहरूले आकर्षक टु पिस ड्रेस  र खोस्टै सही ल्यामिनेटेड  सर्टिफिकेट उपलब्ध गराएर पूरा  गरेको छ । कामचलाउ सरकारको गाउँ गाउँमा  सहकारी घर घरमा रोजगारीको राष्टिय नारालाई आगामी सरकारले सहरका चोटाचोटामा  कोठाकोठामा कलेज भन्ने नाराका साथ नीति तथा कार्यक्रम बनाए हुन्छ ।

शिक्षामा निजी क्षेत्रबाट भएको लगानीले देशमा थुप्रै सह र सहायक उद्योगहरू खुल्न पाएका छन् । विद्यार्थीलाई आवश्यक पर्ने बुट, फेसन, किताब, कापी, कलम, स्कुटी आदिको व्यापारले स्कुल कलेज मात्र होइन यसका सप्लायरहरू पनि मालामाल बनेका छन् । देशमा हेलमेट शिक्षकहरूको उत्पान पर्याप्त बढेको छ ।

फ्रान्सलाई पनि उछिन्नेगरी देशैभरि फेसन उद्योगहरूबीच कपडा कम प्रयोग गरी स्कुल वा कलेज ड्रेस बनाउने प्रतिस्पर्धाको रोमाञ्चक कुराको त बयान गरी साध्य नै छैन ।  स्कुल कलेजका कक्षा समाप्त भएपछि सडकमा लाग्ने भीड हेर्दा ठिटाठिटीहरू शिक्षालय होइन, कुन ठूलै फेसन कम्पिटिसनमा भाग लिन जान लागेको भान हुन्छ ।

(तीतोमीठोबाट)
वर्ष ५, अंक ४५, २०६७, असार २८– साउन २

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्