ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

बाढीले बगायो आयोजनाको विद्युत्गृह

२०७८ भदौ, २३  
गण्डकी प्रदेश
Chelsea International NA

बेनी । म्याग्दीको धवलागिरि गाउँपालिका–२ लुलाङमा रहेको दरखोला दोस्रो लघु जलविद्युत् परियोजनाको विद्युत्गृह बाढीले बगाएको छ । आइतवार राति अविरल वर्षासँगै आएको बाढीले ४५ किलोवाट क्षमताको आयोजनाको विद्युत्गृह बगाएको हो । वर्षासँगै नदीको तटीय क्षेत्रमा गएको पहिरो र बाढीका कारण लघु जलविद्युत् परियोजना बगाउँदा १ करोड ५० लाखभन्दा बढीको क्षति भएको गाउँपालिकाका अध्यक्ष थमसरा पुनले बताइन् । उनका अनुसार २ वर्षअघि पुनर्निर्माण गरिएको उक्त परियोजनाबाट ३७८ घरधुरीले विद्युत् सेवा उपभोग गर्दै आएका थिए ।

अविरल वर्षासँगै आएको बाढीले विद्युत्गृहको भवनसहित महŒवपूर्ण सामान बगाएको छ । यस्तै आयोजनाको बाँध र नहरमा समेत ठूलो क्षति पु¥याएको छ । बाढीले तटीय क्षेत्रको जमिन र बस्तीमा समेत क्षति पु¥याएको छ । विद्युत्गृह बगाएपछि स्थानीय बस्ती अन्धकार बनेको र स्थानीयवासीको जनजीवनमा प्रत्यक्ष प्रभाव पार्ने देखिएको स्थानीय लुलाङ आधारभूत विद्यालयका प्रधानाध्यापक नागेन्द्र ठाकुरले बताए ।

‘यहाँ केन्द्रीय प्रसारण लाइनको पहुँच छैन, लघु जलविद्युत् बगाएपछि मोबाइल चार्ज गर्न र साँझमा बालबालिकालाई अध्ययनमा समेत समस्या हुने भएको छ,’ प्रअ ठाकुरले भने । बाढीले लघु जलविद्युत् आयोजनामा पु¥याएको क्षतिको अवस्थाबारे अहिले स्थानीय जनप्रतिनिधि, युवा क्लबलगायत प्रतिनिधिको टोली निरीक्षण गर्न खटिएको गाउँपालिकाले बताएको छ ।

२०७२ साउनमा जुगेपानीमा आएको पहिरोले विद्युत्गृह र नहर बगाएर बन्द भएको दरखोला दोस्रो लघु जलविद्युत् परियोजना २ वर्षअघि १ करोड ५२ लाखको लागतमा पुनर्निर्माण गरिएको थियो । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्