ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

श्रमबजार सूचना सर्वेक्षण कार्यशाला सम्पन्न

२०७८ भदौ, २३  
प्रदेश ०१
Chelsea International NA
author avatar अभियान संवाददाता

विराटनगर । प्रदेश १ का चारओटा जिल्लामा सञ्चालित श्रम रोजगारदाताको नेतृत्वमा श्रम बजार परियोजना अन्तर्गत श्रम बजार सूचना सर्वेक्षण सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न भएको छ । सोमवार मोरङको विराटचोकमा आयोजित कार्यशालाका सहभागीहरूले उद्योग व्यवसाय क्षेत्रलाई चाहिने जनशक्ति उत्पादनका लागि जोड दिएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल घरेलु तथा साना उद्योग महासंघ, होटल संघ र नेपाल निर्माण व्यवसायी महासंघको संयुक्त साझेदारीमा ब्रिटिस काउन्सिल दक्षता परियोजनाको व्यवस्थापन तथा युरोपियन युनियनको सहयोगमा परियोजना सञ्चालन भएको हो ।

कार्यशालामा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डीराज ढकालले उद्योगीहरूले दक्ष जनशक्तिको आवश्यकता पूरा गर्न नसक्दा उत्पादनमा प्रतिस्पर्धा गर्न नसकिएको बताए । दक्ष जनशक्तिकै अभावमा उद्योगी व्यवसायीले बजारसमेत गुमाउनु परेको गुनासो उनले गरे । महासंघका पूर्वउपाध्यक्ष उमेशलाल श्रेष्ठले पनि उद्योगीहरूलाई आवश्यक पर्ने जनशक्ति उत्पादन हुन नसकेको बताए । महासंघ प्रदेश समितिका उपाध्यक्ष एवं केन्द्रीय सदस्य राजेन्द्र राउतले औद्योगिक क्षेत्रमा अपांगता भएका व्यक्तिहरूलाई समेत उचित अवसर दिएर समेट्न सकिने धारणा राखे । नेपाल घरेलु तथा साना उद्योग महासंघका उपाध्यक्ष मोहन कटुवालले बजारले खोजेको जनशक्ति उत्पादन गर्न परियोजनाले मार्गदर्शन गर्नुपर्ने सुझाव दिए ।

नेपाल उद्योग वाणिज्य महासंघ १ नम्बर प्रदेश समितिका अध्यक्ष टीकाराज ढकालको अध्यक्षतामा आयोजित कार्यक्रममा परियोजनाका टिम लिडर चन्द्रकान्त अधिकारीले श्रम बजार सूचना प्रणाली र रोजगारदातामा नेतृत्व विषयक कार्यपत्र प्रस्तुत गरे । परियोजना फोकल पर्सन रविन श्रेष्ठले प्रदेश १ को मोरङसहित उदयपुर, सोलुखुम्बु र इलाममा परियोजना सञ्चालन गरिएको जानकारी दिए । चार जिल्लाका उद्योग वाणिज्य महासंघ, घरेलु महासंघ, होटल व्यवसायी संघ लगायत श्रम बजारसँग सम्बन्धित क्षेत्रका प्रतिनिधिहरू कार्यक्रममा सहभागी भएका थिए ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्