ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

एनएमबि बैंक–हातेकागज संघ छलफल

२०७८ भदौ, २३  
बजार
Chelsea International Image Not Found

काठमाडौं (अस) । नेपाल हातेकागज संघले ठमेलस्थित एनएमबि बैंक शाखासँगको सहकार्यमा छलफल आयोजना गरेको छ । कार्यक्रममा संघका अध्यक्ष किरणकुमार डंगोलले आफ्ना सदस्यको व्यावसायिक उन्नतिका लागि विभिन्न कार्यक्रम गर्दै आएको बताए ।

हस्तकलाका विविध वस्तुमध्ये हातेकागज उत्पादनमा स्थानीय कच्चापदार्थ र श्रम तथा सीपको करिब ९० प्रतिशत उपयोग हुने गरेको उनले जानकारी दिए । सरकारको मेड इन नेपाल र मेक इन नेपाल नारालाई कार्यान्वयनमा हातेकागज उद्यमीलाई राज्यको सहयोग हुनुपर्ने आवश्यकता उनले औंल्याए ।

यसमा उद्योग परिसंघले विभिन्न कार्यक्रम तय गर्दै आएको र यसमा संघलाई सहभागी गराएको उनको भनाइ छ ।

एन एम बी बैँकले खासगरी कोभिडबाट असर परेका व्यवसायलाई लक्ष्यित गरी विभिन्न सेवा तथा सुविधा उपलब्ध गराउने व्यवस्था मिलाएको सन्दर्भमा बैँकका विभिन्न सेवाहरुबाट संघमा आबद्ध सदस्यहरुले लाभ लिनसक्ने भएकाले नेपाली हाते कागजका व्यवसायी र बैँकबीच समन्वय गराउन छलफल कार्यक्रमको आयोजना गरिएको कुरा स्पष्ट पारे । उनले उक्त कार्यक्रम दुबै सरोकारवालाका लागि लाभदायक हुने विश्वास समेत व्यक्त गरे ।

कार्यक्रममा एनएमबि बैंकको वरिष्ठ क्षेत्रीय प्रबन्धक राजेन्द्र रञ्जितले कोभिडका कारण शिथिल भएका उद्यमी र व्यवसायीलाई सहज सेवा उपलब्ध गराएर उत्पादन र व्यापारलाई गति दिन सक्रिय हुँदै आएको जानकारी दिए ।

संघमा आबद्ध सदस्यलाई बैंकले कुन–कुन सेवा–सुविधा उपलब्ध गराउन सक्छ र अप्ठेरो परेका बेला आर्थिक रूपमा कसरी सबलीकरण गर्न सहयोग पु¥याउन सकिन्छ भनेरै यो छलफल आयोजना गरिएको उनको भनाइ छ ।

बैंकको ठमेल शाखाका व्यवसाय विकास म्यानेजर रुचि श्रेष्ठले बैंकको हालको अवस्था र रिलेसनसिप म्यानेजर दीपक बस्नेतले बैंकले उपलब्ध गराउँदै आएको उत्पादनकर्ता तथा निर्यातकर्ताका लागि उपयोगी आर्थिक सेवा–सुविधाबारे जानकारी दिएका थिए ।

कार्यक्रममा बागमती प्रदेश हस्तकला संघका सचिवलगायत ५ जनालाई उपहार प्रदान गरिएको थियो । संघका उपाध्यक्ष राधाकृष्ण धौभडेलले हातेकागज व्यवसायलाई बचाउन सबै व्यवसायीको पहल आवश्यक रहेकामा जोड दिए ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्