ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

सिटिजन्स म्युचुअल फण्ड- १ र २ को प्रतिफल सुरक्षित गर्ने आज अन्तिम दिन 

२०७८ भदौ, २३  
लगानी
Chelsea International Image Not Found
author avatar अभियान संवाददाता

भदौ २३, काठमाडौं । सिविआईएल क्यापिटल लिमिटेडको व्यवस्थापनमा सञ्चालित सिटिजन्स म्युचुअल फण्ड- १ र सिटिजन्स म्युचुअल फण्ड- २ को प्रतिफल सुरक्षित गर्ने बुधवार अन्तिम दिन रहेको छ । 

ती दुबै योजनाको प्रतिफल प्राप्त गर्नका लागि भदौ २४ गते एक दिन बुक क्लोज गर्ने भएकाले बुक क्लोजको अघिल्लो कारोबार दिनसम्म कायम इकाईधनीहरु मात्र दुबै योजनाको प्रतिफल प्राप्त गर्न योग्य हुने छन् । 

गत आर्थिक वर्ष ०७७/ ७८ का लागि सिटिजन्स म्युचुअल फण्ड- १ र सिटिजन्स म्युचुअल फण्ड- २ ले एउटै अनुपातमा करसमेत ४० प्रतिशत नगद लाभांश वितरण गर्ने तयारी गरेका हुन् । 

बुक क्लोजको मिति पश्चात लाभांश वितरण गर्ने जानकारी क्यापिटलले दिएको छ। योजना व्यवस्थापक सिविआईएल क्यापिटलको गत भदौ १ गतेको सञ्चालक समितिको बैठकले दुबै योजनाको प्रतिफलका सम्बन्धमा निर्णय गरेको थियो । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्