ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

तेह्रथुम पावरको आईपीओ शुक्रवार बाँडफाँट हुँदै, ७४ हजार ४०० जनाले मात्र शेयर पाउने 

२०७८ भदौ, २३  
लगानी
Chelsea International Image Not Found
author avatar अभियान संवाददाता

भदौ २३, काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडको आईपीओ भदौ २४ गते शुक्रवार बाँडफाँट हुने भएको छ । 

विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले शुक्रवार बिहान १० बजे आईपीओ बाँडफाँटको तयारी गरेको हो । आईपीओ प्रि - अलोटमेण्ट मंगलवार सम्पन्न गरिसकेकोसमेत क्यापिटलले जानकारी दिएको छ ।कम्पनीले भदौ ९ गतेदेखि १३ गतेसम्म सर्वसाधारणमा आईपीओ विक्री गरेको थियो ।

कम्पनीले सर्वसाधारणका लागि छट्याएको प्रतिकित्ता रू. १०० अंकित दरको रू. ८ करोड बराबरको ८ लाख कित्तामध्य ५ प्रतिशत दरको ४० हजार कित्ता सामूहिक लगानी कोषका लागि बाँडफाँट गरिसकेको छ भने २ प्रतिशत दरको १६ हजार कित्ता शेयर कर्मचारीहरुका लागि सुरक्षित गरी बाँकी ७ लाख ४४ हजार कित्ता शेयर सार्वजनिक निष्कासन मार्फत विक्री गरेको हो । 

अन्तिम दिनसम्म कम्पनीको आईपीओ खरीदका लागि करीब ४२ गुणा बढी आवेदन परेको छ । सार्वजनिक निष्कासन मार्फत विक्री गरेको शेयर सर्वसाधारणमा बाँडफाँट हुनेछ । यस आधारमा ७४ हजार ४०० जना आवेदकहरुले गोला प्रथाको माध्यमबाट १० कित्ताका दरले शेयर पाउनेछन् । 

यो आईपीओ खरिदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम ६० हजार कित्तासम्म माग गर्न सकिने व्यवस्था थियो । यस कम्पनीले सर्वसाधारणमा शेयर जारी गर्नुपूर्व आयोजना प्रभावित स्थानियमा आईपीओ विक्री गरिसकेको छ । कम्पनीले आयोजना प्रभावित तेह्रथुम जिल्लाका वासिन्दाहरुलाई रू. ४ करोड बराबरको ४ लाख कित्ता शेयर विक्री गरेको हो । 

आयोजना प्रभावित स्थानियसहित सर्वसाधारणमा रू. १२ करोड बराबरको १२ लाख कित्ता आईपीओ विक्री गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट कम्पनीले असार १० गते अनुमति पाएको थियो । 

हाल कम्पनीको संस्थापक तर्फबाट चुक्ताभएको पूँजी रू. २८ करोड रहेको छ । कम्पनीले संस्थापकतर्फ ७० प्रतिशत शेयर स्वामित्व रहेको छ । कम्पनीले स्थानियमा १० प्रतिशत र कर्मचारीसमेत अन्य सर्वसाधारणमा २० प्रतिशत शेयर विक्री गर्न लागेका हो । स्थानिय र आम सर्वसाधारणमा शेयर बाँडफाँट पश्चात कम्पनीको चुक्तापूँजी रू. ४० करोड पुग्नेछ । 

उक्त कम्पनीले तेह्रथुम जिल्लामा ७ दशमलव ५ मेगावाट क्षमताको माथिल्लो खोरुङ्गाखोेला साना जलविद्युत् आयोजना निर्माण गरी विद्युत् उत्पादन गरिरहेको छ । कम्पनीले उक्त आयोजनाबाट २०७६ साल फागुन १७ गतेदेखि व्यावसायिक उत्पादन शुुरु गरिसकेको छ ।

कम्पनीको यस आयोजनाको कुल लागत रू. १ अर्ब ३४ करोड १७ लाख १० हजार रहेको छ । आर्थिक वर्ष ०७६/ ७७ सम्म कम्पनी रू. ४२ लाख ७१ हजार खुद नोक्सानी व्यहोरेको छ । उक्त अवधिसम्म कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थ रू. ८४ दशमलव ७४ र प्रतिशेयर आम्दानी रू. १२ दशमलव ९० ऋणात्मक रहेको छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्