ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

नेपाल पुनर्बीमा कम्पनीले परिमार्जन गर्‍यो प्रस्तावित लाभांश 

२०७८ भदौ, २३  
लगानी
Chelsea International Image Not Found
author avatar अभियान संवाददाता

भदौ २३, काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले यस अघि प्रस्ताव गरेको लाभांश प्रस्ताव परिमार्जन गरेको छ । 

कम्पनीले यसअघिको कुल २० प्रतिशत लाभांश प्रस्ताव परिमार्जन गरी १९ प्रतिशत कायम गरेको हो । कम्पनीको गत असार ७ गतेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष ०७६/ ७७ को वितरण योग्य मुनाफा र शेयर प्रिमियमबाट हाल कायम चुक्तापूँजीको आधारमा १६ दशमलव ५० प्रतिशत बोनस शेयर र कर प्रयोजनसमेत ३ दशमलव ५० प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको थियो । 

कम्पनीले बीमा समितिको निर्देशन बमोजिम बोनस शेयर १६ दशमलव ५० प्रतिशत र नगद लाभांश २ दशमलव ५० प्रतिशत दिने गरी प्रस्तावित लाभांश परिमार्जन गरेको हो । 

कम्पनीको लाभांशमा नगद लाभांशमात्र एक प्रतिशत कम भएको छ । परिमार्जित लाभांश नेपाल सरकार अर्थ मन्त्रालय र नियामक निकाय बीमा समितिबाट स्वीकृत भई कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि मात्र वितरण हुनेछ । हाल कम्पनीको चुक्तापूँजी रू. १० अर्ब रहेको छ । सोही पूँजीको आधारमा कम्पनीले लाभांश वितरण गर्न लागेको हो ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्