ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

फर्स्ट  माइक्रोफाइनान्सको संस्थापक शेयर खरीदका लागि आवेदन* दिने अन्तिम दिन बिहीवार

२०७८ भदौ, २३  
लगानी
Chelsea International Image Not Found
author avatar अभियान संवाददाता

भदौ २३, काठमाडौं । साउन २१ गतेदेखि लिलामीमा आएको फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक शेयरमा गोप्य शिलबन्दी बोलपत्र पेश गर्ने बिहीवार अन्तिम दिन रहेको छ । 

कम्पनीले आईसिएफसि फाइनान्सको स्वामित्वमा रहेको ३ लाख १९ हजार ४१० कित्ता शेयर शुक्रवारसम्मका लागि लिलामीमा ल्याएको हो । 

यो शेयर खरीद गर्न चाहने विद्यमान संस्थापक शेयरधनी वा जो कोही व्यक्ति तथा कम्पनीहरुले आवेदन दिन सक्नेछन् । कम्पनीले यो शेयरको मूल्य प्रतिकित्ता रू. ३०० तोकेको छ । आवेदकहरुले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ ।

बोलकबोल गर्दा न्यूनतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । यो शेयर विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।

*फर्स्ट  माइक्रोफाइनान्सको संस्थापक शेयर खरीदका लागि आवेदन दिने अन्तिम दिन बिहीवार हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्