ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

एक्सेल डेभलपमेण्ट बैंकले ३० % हकप्रदका लागि असोज १ गते बुक क्लोज गर्ने 

२०७८ भदौ, २३  
लगानी
Chelsea International Image Not Found
author avatar अभियान संवाददाता

भदौ २३, काठमाडौं । एक्सेल डेभलपमेण्ट बैंकले ३० प्रतिशत हकप्रद शेयर प्रयोजनका लागि असोज १ गते एक दिन बुक क्लोज गर्ने भएको छ । 

कम्पनीको भदौ २२ गतेको सञ्चालक समितिको बैठकले हकप्रद प्रयोजनका लागि बुक क्लोजको मिति तय गरेको हो । कम्पनीले ३० प्रतिशत हकप्रद शेयर विक्री गर्न साउन ३० गतेनै नियामक निकाय नेपाल धितोपत्र बोर्डको अनुमति पाइसकेको छ ।

हकप्रद शेयर निष्कासनको मिति भने कम्पनीले तय गर्न बाँकी रहेको छ । कम्पनीले हाल कायम चुक्तापूँजी रू. ८१ करोड ११ लाख २१ हजारको आधारमा १० बराबर ३ को अनुपातमा २४ लाख ३३ हजार ३६३ दशमलव ६७ कित्ता शेयर विक्री गर्न लागेको हो ।

बुक क्लोजको आधारमा भदौ ३१ गतेसम्म कायम शेयरधनीहरु मात्र हकप्रद शेयर खरीदका लागि आवेदन दिन योग्य हुनेछन् ।  यो हकप्रद विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्