ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

बुधवार प्रतितोला ७०० रुपैयाँले घट्यो सुनको मूल्य

२०७८ भदौ, २३  
बजार
Chelsea International Image Not Found
author avatar अभियान संवाददाता

भदौ २३, काठमाडौं । नेपाली बजारमा बुधवार सुनको मूल्य घटेको छ । स्थानीय बजारमा अघिल्लो कारोबार दिन अर्थात् मंगलवार स्थिर रहेको सुनको भाउ बुधवार रू. ७०० ले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार छापावाला सुन प्रतितोला रू. ९० हजार ७०० मा कारोबार भएको छ । मंगलवार छापावाला सुनको मूल्य प्रतितोला रू. ९१ हजार ४०० मा कारोबार भएको थियो । मंगलवारको तुलनामा बुधवार छापावाला सुन प्रतितोला रू. ७०० ले घटेको हो ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला रू. ९० हजार २०० मा कारोबार भइरहेको छ । मंगलवार तेजाबी सुन प्रतितोला रू. ९० हजार ९०० मा कारोबार भएको थियो ।

यस्तै, बुधवार चाँदीको मूल्य पनि घटेको छ । मंगलवार प्रतितोला रू. १ हजार २३० मा कारोबार भएको चाँदी बुधवार रू. १ हजार २२० मा खरीदविक्री भइरहेको छ । मंगलवारको तुलनामा बुधवार चाँदी प्रतितोला रू. १० ले घटेको हो ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्