ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

आजदेखि सञ्चालनमा आयो मनकामना केबलकार      

२०७८ भदौ, २३  
वाग्मती प्रदेश
Chelsea International Image Not Found

भदौ २३, मुग्लिन(चितवन) । कोरोना भाइरस संक्रमणका कारण बन्द रहेको मनकामना केबलकार बुधवारदेखि सञ्चालनमा आएको छ ।     
     
मनकामना मन्दिर बुधवारदेखि खुलेसँगै केबलकार पनि सञ्चालनमा आएको हो । स्वास्थ्य सुरक्षा मापदण्ड पूर्णपालना गर्ने गरी केबलकार सञ्चालनमा ल्याएको मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्वल शेरचनले जानकारी दिए।

बुधवार बिहानबाट केबलकार सञ्चालनमा आएको उनले जानकारी  दिए । यात्रुलाई स्वास्थ्य सुरक्षा मापदण्ड पूर्णरुपमा पालना गर्न पनि मनकामना दर्शन प्रालिले आग्रह गरेको छ ।     
     
गोरखाको शहिदलखन गाउँपालिकामा अवस्थित प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर दर्शन गर्न जान सहजताका लागि सञ्चालनमा ल्याएको मनकामना केबलकारको प्रवेशद्वार (बटम स्टेशन) चितवनको ईच्छाकामना– ४ चेरेसमा रहेको छ ।रासस
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्