ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

द क्लिफ रिसोर्ट बाग्लुङको गुलेली पिङ अब काठमाडौंको भोजघरमा पनि  

२०७८ भदौ, २३  
बजार
Chelsea International Image Not Found
author avatar अभियान संवाददाता

भदौ २३, काठमाडौं । द क्लिफ रिसोर्ट बाग्लुङमा बनेको नेपालकै पहिलो गुलेली पिङले निकै चर्चा बटुलेपछि क्लिफकै प्राबिधिक सहयोगमा गुलेली पिङ काठमाडौंको गैरीधारास्थित भोजघरमा निर्माण गरिएको छ ।

जमीनबाट २५ फिट अग्लो बनाइएको पिङमा खेल्ने मान्छे बसेपछि पछाडि बाट मेसिनले तानेर हुत्त छोडिन्छ अनि  पिङ मचिन्छ । पछिल्लो समय फरक - फरक शैलीका पिङ बनाएर आन्तरिक पर्यटक आकर्षित गर्ने होड नै चलेको छ ।

भोजघरका विभिन्न प्याकेज अफरमा पिङ नि : शुल्क राखिएको छ । पिङ निर्माण र सञ्चालनमा सुरक्षा सावधानीको उच्च सतर्कता अपनाउने गरिएको भोजघरका प्रवन्धक मोहन बस्नेतले बताए । चट्टान आरोहण लगायत साहसिक खेलमा प्रयोग हुने उच्च गुणस्तरको डोरिको प्रयोग गरिएको र दक्ष प्राबिधिकबाट डिजाइन गरि निर्माण गरिएको उनी बताउँछन् ।

पिङ सञ्चालनमा ल्याएको भोजघरले दुई वर्षदेखि गैरीधारामा कटिया, नेवारी, टिपिकल नेपाली र कन्टिनेन्टल खानाको सेवा गर्दै आएको छ । १४० वर्ष पुरानो घरमा बाँकी संरचना थपेर बनाइएको रेस्टुरेन्टमा स्टिम बिबिक्यू विशेष आकर्षण रहेको छ ।

२०० जना अटाउने क्षमताको हल समेत भएको रेस्टुरेन्टमा बर्थडे मनाउँदा केक नि : शुल्क उपलब्ध हुने बताइएको छ । दोश्रो पटकको लकडाउन पछि नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएको रेस्टुरेन्टमा लाइभ किचेन, बिदा लक्षित साँस्कृतिक कार्यक्रम र कृषक बजार सञ्चालनको तयारी रहेको बस्नेतले जानकारी दिए ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्