ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

रैराङ हाइड्रोपावरसहित ५ ओटा कम्पनीको शेयरमा उच्च खरीद माग

२०७८ भदौ, २३  
लगानी
Chelsea International Image Not Found
author avatar अभियान संवाददाता

भदौ २३, काठमाडौं । बुधवार बजार खुलेको साढे २ घण्टा अवधिमा कारोबारमा आएका २१८ ओटा कम्पनीमध्ये पाँच ओटा कम्पनीको शेयरमा उच्च खरीद माग रहेको छ । 

सानिमा लाइफ इन्स्योरेन्स, रैराङ हाइड्रोपावर डेभलपमेण्ट कम्पनी, नेशनल हाइड्रोपावर, नबिल ब्यालेन्सड् फण्ड २ र नेपाल बैंकको शेयरमा उच्च खरीद माग रहेको हो । 

यी पाँच ओटा कम्पनीमध्ये सबैभन्दा बढी सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको शेयरमा ५ लाख ५८ हजार ६५४ कित्ता शेयर खरीद माग रहेको छ । 

त्यसैगरी, रैराङ हाइड्रोपावर डेभलपमेण्ट कम्पनीको शेयरमा ३ लाख ४८ हजार ४०८ कित्ता, नेशनल हाइड्रोपावरको ३ लाख ४० हजार ८३ कित्ता, नबिल ब्यालेन्स फण्ड २ को २ लाख ७१ हजार ७५१ इकाई र नेपालको बैंकको २ लाख ८ हजार ६४४ कित्ता शेयर खरीद माग रहेको हो । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्