ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

ग्यापुको चाडबाड अफर, डिजिटल भुक्तानीमा विशेष छूट

२०७८ भदौ, २३  
बजार
Chelsea International Image Not Found
author avatar अभियान संवाददाता

भदौ २३, काठमाडौं । नजिकिंदै गरेको चाडपर्वलाई ध्यानमा राख्दै  ईकमर्श कम्पनी ग्यापुले चाडबाड अफर ल्याएको छ ।

हिन्दु महिलाहरूको महान चाड तीजको अवसरमा विभन्न सामान ग्यापुमार्फत खरीद गरेमा ग्राहकले छूट र क्यासब्याक अफर पाउन सक्ने कम्पनीले बताएको छ ।ग्राहकले हिमालय बैंकबाट सामान खरीद गर्दा ५०० रुपैयाँसम्ममा १५ प्रतिशत छूट पाउनेछन् । उक्त छूट भदौ २२ गतेदेखि २४ गतेसम्म लागू हुने पनि कम्पनीले बताएको छ ।

त्यस्तै माछापुच्छ्रे बैंकबाट पैसा तिर्दा ५०० रुपैयाँसम्ममा १० प्रतिशत छूट पाइनेछ । उक्त छूट भने भदौ २० गतेदेखि २६ गतेसम्म लागू हुनेछ ।यसैगरी सनराइज बैंकबाट सामान खरीद गरेमा ग्राहकले ३०० रुपैयाँसम्ममा २० प्रतिशत क्यासब्याक पाउने छन् । यो छूट भने भदौ २५ गतेसम्म लागू हुनेछ ।

फोन पेमार्फत भुक्तानी गर्दा २०० रुपैयाँको भौचर, एनआईसी एशियाको कार्डमार्फत भुक्तानी गर्दा २०० रुपैयाँको भौचर र ई- सेवाबाट भुक्तानी गर्दा २०० रुपैयाँको भौचर प्राप्त गर्न सकिनेछ । साथै खल्तीमार्फत भुक्तानी गर्दा १० जनाले २०० रुपैयाँको टपअप प्राप्त गर्ने बताइएको छ ।

विदेशमा रहेका ग्राहकले पनि ग्यापुमार्फत नेपालमा भएका आफ्नो आफन्तलाई सरप्राइज दिनका लागि उपहार अर्डर गर्न सक्ने छन् र ग्यापुले डेलिभरी गर्नेछ ।
त्यस्तै अन्य उपहारमा लेदरको वालेट, ग्रुमिङ किट, हेडफोन, विभिन्न विधाका किताबहरू र विभिन्न ब्राण्डका लिक्वेरहरू रहेका छन् ।

यीमध्ये कुनै पनि उपहार ग्यापुको पेमेन्ट पार्टनर बैंकहरूबाट खरीद गरेको खण्डमा छूटहरू उपलब्ध हुने कम्पनीले बताएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्