ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

वैदेशिक लगानी बढाउने वातावरण तयार गर्न सरकार तत्पर छ : प्रधानमन्त्री

२०७८ भदौ, २३  
समाचार
Chelsea International Image Not Found
author avatar अभियान संवाददाता

भदौ २३, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा वैदेशिक लगानी बढाउने वातावरण तयार गर्न सरकार सकारात्मक रहेको बताएका छन् ।

लगानी बोर्ड नेपालको १० औं वार्षिकोत्सवका अवसरमा बुधवार आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले स्वदेशी पूँजीले मात्रै नेपालको विकास अघि बढ्न नसक्ने बताउनुभयो । उहाँले त्यसका लागि आवश्यक सहयोग गर्न सरकार प्रतिबद्ध रहेकोसमेत बताउनुभएको छ ।

उहाँले भन्नुभयो, ‘म वैदेशिक लगानीका लागि सबै लगानीकर्ताहरुलाई आह्वान गर्न चाहन्छु,’ सो अवसरमा प्रधानमन्त्री देउवाले राष्ट्रिय प्राथमिकताका योजनाहरूमा लगानीको वातावरण बनाउन पनि लगानी बोर्डलाई निर्देशन दिनुभयो ।

उहाँले नेपालले लिएको दिगो विकासको लक्ष्य प्राप्तिका लागि राष्ट्रिय प्राथमिकताका योजना र क्षेत्रहरुमा लगानी बढाउनुपर्ने पनि बताउनुभयो। ‘लगानीका लागि जहाँ अवरोधहरु छन्, तिनलाई सहजीकरण गर्न सरकार तयार छ’, उहाँले भन्नुभयो । 

कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्माले नेपालमा लगानीप्रतिको आकर्षण बढे पनि पर्याप्त विदेशी लगाउन भित्र्याउन नसकिएको बताए ।उनले लगानीसँगै त्यसको सुरक्षा लगानीकर्ताका लागि महत्त्वपूर्ण हुने भएकाले त्यसतर्फ ध्यान दिनुपर्ने बताए ।

विगतको भन्दा लगानीप्रतिको आकर्षण बढेको  भन्दै उनले हामीकहाँ सुरक्षासहितको लगानीको वातावरण बनाउनुपर्ने अवस्था रहेको बताए ।

ऊर्जा जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले सरकारले नेपालको विकासका लागि महत्वपूर्ण परियोजनालाई प्राथमिकता दिएको उल्लेख गर्दै ४२ हजार मेगावाट विद्युत् उत्पादन गर्नसक्ने क्षमता मुलुकमा रहेको जानकारी दिइन् । उनले अहिले जम्मा १ हजार ३८३ मेगावाटमात्र उत्पादन भइरहेको बताइन् ।     
     
 उर्जामन्त्री भुसालले सरकारले २०३० भित्र कम्तीमा १० हजार मेगावाट विद्युत् उत्पादन गर्ने सोच राखेको र जलविद्युत् क्षेत्रको विकासमा ध्यान केन्द्रित गरेको जानकारी दिइन् । 
 
लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले सिमेन्ट र विद्युत् उत्पादनलाई बढावा दिइरहेको जानकारी गराउँदै ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजना निर्माण कार्य जारी रहेको बताए।     
     
 नेपाल लगानीमैत्री देश रहेको औंल्याउँदै उनले विभिन्न परियोजनामा विदेशी लगानीसहित काम भइरहेको जानकारी दिए ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्