ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

भारतमा एकै दिनमा थपिए ३७ हजार ८७५ जना कोरोना संक्रमित     

२०७८ भदौ, २३  
अन्तरराष्ट्रिय
Chelsea International Image Not Found

भदौ २३,  नयाँदिल्ली । भारतमा गत २४ घण्टामा थप ३७ हजार ८७५ जना नयाँ संक्रमित थपिए पनि कोरोनाभाइरसबाट दैनिक संक्रमितको सङ्ख्यामा फेरि कमी आएको बताइएको छ ।     
     
 यसअघि दैनिक ४० हजारभन्दा बढी संक्रमित थपिने गरेकामा अहिले घटेर ३८ हजारको हाराहारी पुगेको अधिकारीले बुधवार जानकारी दिएका छन् । पछिल्लो समय केरला राज्यमा दैनिक संक्रमितको सङ्ख्या एकाएक बढेपछि देशभरीको सङ्ख्यामा पनि वृद्धि देखिएको थियो ।     
     
 केन्द्रीय स्वास्थ्य मन्त्रालयले बुधवार बसार्वजनिक गरेको विवरणअनुसार गत २४ घण्टामा थपिएका संक्रमितमध्ये केरला राज्यमा मात्रै २५ हजार ७७२ जना संक्रमित भएका छन् ।भारतमा अहिलेसम्म कुल संक्रमितको सङ्ख्या ३ करोड ३० लाख ९६ हजार ७१८ पुगेको मन्त्रालयले  बताएको छ ।     
     
 भारतमा कोरोनाभाइरसका कारण अहिलेसम्म ४ लाख ४१ हजार ४११ जनाको मृत्यु भएको छ । तीमध्ये ३६९ जनाको पछिल्लो एक दिनमा मृत्यु भएको हो ।     
     
 त्यसैगरी एक दिनमा ३९ हजार ११४ जना कोरोनाभाइरसबाट संक्रमणमुक्त भएका छन् । कोरोना शुरु भएदेखि हालसम्म भारतमा ३ करोड २२ लाख ६४ हजार ५१ जना यस रोगबाट मुक्त भएका सरकारी अधिकारीले जानकारी दिएका छन् । कोरोना मुक्त भएका यो सङ्ख्या ९७ दशमलव ४८ प्रतिशत भएको बताइएको छ ।     
     
 पछिल्लो केही दिनदेखि संक्रमित अवस्थामै रहेकाको सङ्ख्यामा पनि वृद्धि भएको छ । हाल भारतमा सक्रिय सङ्क्रमित सङ्ख्या ३ लाख ९१ हजारभन्दा बढी रहेका छन् । यहाँ कोरोना शुरु भएदेखि हालसम्म ५३ करोड ४९ लाख व्यक्तिको कोरोना परीक्षण भएको तथ्याङ्क रहेको छ ।     
     
 भारतमा गत जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो । सो समयदेखि हालसम्म ७० करोड ७५ लाख ४३ हजार १८ डोज खोप लगाएको अधिकारीले जानकारी छ । रासस/ एएनआई

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्