ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

२.०४ % ले घट्यो बजार, ६ अर्ब ६४ करोड बराबरको शेयर खरीदविक्री 

२०७८ भदौ, २३  
लगानी नेप्से विश्लेषण
Chelsea International Image Not Found
author avatar अभियान संवाददाता

भदौ २३, काठमाडौं । साताको चौथो कारोबार दिन बुधवार नेप्से परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा ६० दशमलव शून्य २ अंक अर्थात् २ दशमलव शून्य ४ प्रतिशतले घटेको छ । 

यो दिन परिसूचक २ हजार ८७६ दशमलव ५९ विन्दुमा झरेको हो । यस दिन कारोबारमा आएका २२५ ओटा कम्पनीको १ करोड ६१ लाख ४८ हजार ६५२ कित्ता शेयरको रू. ६ अर्ब ६४ करोड ६६ लाख २३ हजार ४२६ बराबरको शेयर खरीदविक्री भएको हो ।

कारोबारमा आएका ती कम्पनीहरुमध्ये सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशतले वृद्धि भएको छ । यो दिन कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ४९७ दशमलव ४० पुगेको छ । कारोबारमा आएका १३ औटै समूहको परिसूचक घटेसँगै समग्र नेप्से परिसूचक पनि घटेको हो । 

यो दिन सबैभन्दा बढी वित्त समूहको परिसूचक ३ दशमलव २९ प्रतिशतले घटेको छ । त्यसैगरी बैंकिङ्ग समूहको परिसूचक १ शदमलव ६३ प्रतिशत,व्यापार समूहको परिसूचक २ दशमलव ३८ प्रतिशत, होटल एण्ड टुरिजमको १ दशमलव ८२ प्रतिशत,विकास बैंक समूहको समूहको २ दशमलव ८७ प्रतिशत,हाइड्रोपावर समूहको १ दशमलव ५९ प्रतिशत,निर्जीवन बीमा समूहको २ दशमलव ४७ प्रतिशतले घटेको छ । 

त्यसैगरी उत्पादन तथा प्रशोधन समूहको २ शदमलव ७५ प्रतिशत, अन्य समूहको ३ दशमलव २३ प्रतिशत,माइक्रोफाइनान्स समूहको १ दशमलव २२ प्रतिशत,जीवन विमा समूहको २ दशमलव ५५ प्रतिशत,म्युचुअल फण्डको शून्य दशमलव ५६ प्रतिशत र लगानी समूहको परिसूचक २ दशमलव ४३ प्रतिशतले घटेको छ । 

यो दिन कारोबारमा आएका २२५ ओटा कम्पनीहरुमध्ये ३८ ओटा कम्पनीको शेयरमूल्य बढेको छ भने बाँकी कम्पनीको शेयरमूल्य घटेको छ । 
त्यसैगरी सर्वाधिक शेयर कारोबार गर्नेमा युनाइटेड मोदी हाइड्रोपावर कम्पनी रहेको छ । उक्त कम्पनीको यो दिन रू. ४० करोड ५७ लाख ७५ हजार बराबरको भएको छ । 

त्यसैगरी लाइफ इन्स्योरेन्स कर्पोरेशन(नेपाल) को शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ६ दशमलव शून्य ६ प्रतिशतले घटेको छ । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. २ हजार कायम भएको छ । दोस्रोमा गुडवील फाइनान्स कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ५ दशमलव ४७ प्रतिशत घटेको छ । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ८२९ कायम भएको हो ।

गत आइतवार अर्थमन्त्री र गभर्नर बीच मौद्रिक नीतिपछि शेयर बजार प्रभावित भएको बारेमा टेलिफोन सवांद भएको खबरले सोमवार १६० अंक बजार बढेको थियो । त्यपछि भने बजार पुन : घटिरहेको छ ।

वित्तीय प्रणालीमा तरलता केही कमि भएको र बैंकहरुले ब्याजदर बढाउने हल्ला चलेकोले पनि शेयर बजार प्रभावित भएको देखिन्छ । यद्यपि अहिले भने कतिपय कम्पनीले लाभांश घोषणा  गरेकाले बजार भने बढ्ने अपेक्षा लगानीकर्ताहरुले गरेका छन् । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्