ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

असोजको दोस्रो साताबाट दोर्दीखोला जलविद्युतले बिजुली उत्पादन गर्ने      

२०७८ भदौ, २३  
गण्डकी प्रदेश
Chelsea International Image Not Found

भदौ २३, लमजुङ । लमजुङमा निर्माणाधीन २७ मेगावाट क्षमताको दोर्दीखोला जलविद्युत् आयोजनाले आगामी असोज दोस्रो साताबाट बिजुली उत्पादन थाल्ने भएको छ ।     

हिमालयन पावर पार्टनर लिमिटेड कम्पनीद्वारा निर्माणाधीन यस आयोजनाको हालसम्म ९९ प्रतिशत काम सकिएको छ । आयोजनाका साइट इञ्चार्ज दिपक ज्ञवालीले आयोजनाको अधिकांश काम सम्पन्न भइसकेको र अब १ प्रतिशत मात्र इलेक्ट्रोमेकानिकलको काम बाँकी रहेको बताए ।

दोस्रो हप्तासम्म बिजुली उत्पादन परीक्षण गरिनेछ । गत असारमा नै बिजुली उत्पादन गर्ने लक्ष्य राखे पनि असार १ गतेको बाढीले आयोजनाको विभिन्न ठाउँमा क्षति पुर्‍याएको थियो । ज्ञवालीका अनुसार आयोजनाको बाँधस्थल, विद्युत गृह, सुरुङ मार्ग, ३ हजार २०० मिटर पाइपलाइन बिछ्याउने लगायतका सबै काम सम्पन्न भएको छ ।

आयोजनाले २०७२ फागुनदेखि निर्माण कार्य थालनी गरेर २०७५ भदौ १५ गतेदेखि विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको थियो ।नाकाबन्दी, विद्युत गृहमा मस्र्याङ्दी नदीको पानी छिरेर मेशिनरी सामानमा पुर्‍याएको क्षति र सुरुङ निर्माण गर्ने क्रममा कमजोर चट्टान भेटिएकाले निर्माण कार्यमा ढिलाइ हुन पुगेको बताइएको छ ।     
     
 बेँसीशहर नगरपालिका–११ रामचोक बेंसीमा पावरहाउस रहेको छ । नेपाल विद्युत् प्राधिकरण र उक्त कम्पनीका बीचमा पीपीए सम्झौता विसं २०६९ असार १ गते भइसकेको आयोजनाका कार्यकारी प्रमुख गुरुप्रसाद ढकालले बताए । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्