ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

थप १६४० जनामा कोरोना संक्रमण पुष्टि, २१६१ जना संक्रमणमुक्त

२०७८ भदौ, २३  
समाचार
Chelsea International Image Not Found
author avatar अभियान संवाददाता

भदौ २३ , काठमाडौं । नेपालमा विगत २४ घण्टामा १ हजार ६४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधवार दिएको जानकारी अनुसार उक्त अवधिमा ९ हजार ७६७ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ३४७  जना र ३ हजार ६८८ जनाको एन्टिजेन परीक्षण गर्दा २९३ गरी १ हजार ६४०  जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।


मन्त्रालयका अनुसार सो अवधिमा कोरोना संक्रमणबाट १० जनाको मृत्यु भएको छ । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १० हजार ८८९ पुगेको छ ।

यसैगरी विगत २४ घण्टाको अवधिमा  २ हजार १६१  जना निको भएका छन् ।सो अवधिमा थपिएका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख ७३ हजार ५२९ पुगेको छ ।  नेपालमा हालसम्म ७ लाख ३३ हजार १६१ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या २९ हजार ४७९ जना रहेको छ । जसमध्ये २७ हजार ६९० जना होम आईसोलेशनमा रहेका छन् भने १ हजार ७८९ जना संस्थागत आईसोलेशनमा रहेका छन् । 

मन्त्रालयका अनुसार संक्रमितमध्ये ४८८ जना आईसीयू र १४० जना भेन्टिलेटरमा उपचाररत् छन् ।मन्त्रालयले हाल १० वर्ष मुनिका २७ जना बालबालिकामा कोरोना संक्रमण देखिएको छ भने ११ देखि २० वर्षम उमेर समूहका १२८ जनामा कोरोना संक्रमण पुष्टि भएको  जानकारी दिएको छ ।


 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्