ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

आईपीओ निष्कासन गर्ने तयारीमा रहेको मोदी इनर्जीले पायो डबल बि प्लस रेटिङ

२०७८ भदौ, २३  
लगानी
Chelsea International Image Not Found
author avatar अभियान संवाददाता

भदौ २३, काठमाडौं । मोदी इनर्जी लिमिटेडले केयर रेटिङ नेपालमा रेटिङ गराएको छ ।

कम्पनीले  मध्यम किसिमको सरक्षा जनाउने डबल प्लस रेटिङ पाएको हो । कम्पनी रू.४२ करोड बराबरको ४२ लाख कित्ता आईपीओ निष्कासन गर्ने तयारीमा रहेको छ ।

कम्पनीले जसमध्ये आयोजना प्रभावित क्षेका बासिन्दाका लागि १६ लाख ८० हजार कित्ता निष्कासन गर्नेछ भने २५ लाख २० हजार कित्ता आईपीओ सर्वसाधारणको लागि निष्कासन गर्ने बताएको छ ।

उक्त आईपीओ निष्कासन गर्नका लागि कम्पनीले विक्री प्रबन्धकमा सनराइज क्यापिटल नियुक्त गरिसकेको छ ।  कम्पनीले पर्वत जिल्लामा २० मेगावट क्षमताको तल्लो मोदीखोला जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।

आयोजनाको कुल अनुमानित लागत रू. ६ अर्ब ६ करोड रहेको छ । जसमध्ये रू. ३ अर्ब ९२ करोड ऋण लिने र रू. २ अर्ब १३ करोड  शेयर पूँजीमार्फत जुटाउने योजना रहेको पनि कम्पनीले बताएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्