ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

संघीय संसद्को बैठक भदौ २५ गतेसम्मका लागि स्थगित

२०७८ भदौ, २३  
समाचार
Chelsea International Image Not Found
author avatar अभियान संवाददाता

भदौ २३, काठमाडौं । संघीय  संसद्को बुधवारदेखि शुरु भएको नवौं अधिवेशनमा प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले) ले अवरोध गरेपछि भदौ २५ गतेसम्मका लागि बैठक स्थगित भएको छ ।

राष्ट्रपति विद्यादेवि भण्डारीले पठाउनु भएको संसद आह्वान सम्बन्धी पत्र पढेलगत्तै नेकपा(एमाले) का सांसदहरूले नाराबाजी  गरी विरोध  गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभाको बैठक २५ गतेसम्मका लागि स्थगित गरेका हुन् ।

प्रतिपक्ष सांसदहरुले विरोध गरेता पनि गृहमन्त्री बालकृष्ण खाँणले राजनीतिक दलसम्बन्धी अध्यादेश प्रतिनिधि सभामा पेस गरेका छन् ।

एमालेका सांसदहरुले पार्टीले कारबाहीका लागि सिफारिस गरेका १४ जना सांसदलाई कारबाही नगरेको र दल विभाजनमा भूमिका खेलेको भन्दै सदनमा विरोध गरेका थिए ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्