ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

सुन्दरले २० ओटा विद्युतीय बस थप्ने

२०७८ भदौ, २४  
समाचार
Chelsea International NA
author avatar अभियान संवाददाता

काठमाडौं । काठमाडौं उपत्यकामा पहिलोपटक निजीक्षेत्रबाट विद्युतीय बस चलाएको सुन्दर यातायात प्रालिले थप २० ओटा बस चलाउने भएको छ । हाल चक्रपथमा तीनओटा र भक्तपुर–रत्नपार्क रूटमा एउटा गरी चारओटा बस चलाइरहेको सुन्दरले उपत्यकाका सबै रूटमा बस सञ्चालन गर्ने गरी सेवा विस्तार गर्न लागेको हो ।

बुधवार सुन्दर यातायातको तेस्रो वार्षिकोत्सवको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा कम्पनीका अध्यक्ष भेषबहादुर थापाले अबको २५ दिनभित्र नयाँ २० ओटा बस आइपुग्ने जानकारी दिए । कुल रू. ११ करोड लागतमा कम्पनीले चीनको बीएके कम्पनीबाट ती बसहरू खरीद गरेको हो । अबको ६ महीनामा सुन्दरले सञ्चालन गर्ने विद्युतीय बसको संख्या १ सय पुर्‍याउने लक्ष्य लिएको जानकारी थापाले दिए ।

कम्पनीले २०७६ भदौमा दुईओटा बसबाट उपत्यकामा विद्युतीय यातायात सञ्चालनमा गरेकोमा त्यसपछि दुईओटा बस थपेको छ । कम्पनीले अघिल्लो वर्षमा नै २५ ओटा बस थप्ने बताएकोमा हालसम्म पनि नयाँ बस भने ल्याउन सकेको छैन । कोभिडको असरका कारण निर्धारित समयभन्दा केही ढिलो भएको बताउँदै कम्पनीका अध्यक्ष भेषबहादुर थापाले उपत्यकाका सबै रूटमा विद्युतीय बस पु¥याउने गरी बस थप्न लागिएको बताए ।

कम्पनीले सञ्चालन गरिरहेका बस ४० सीट क्षमताका हुन् र एकपटकको चार्जमा २६५ किलोमीटरसम्म बस गुड्न सक्छन् । कम्पनीका अनुसार बसमा डिजिटल पेमेन्टको समेत व्यवस्था गरिएको छ भने यी अपांगमैत्री पनि छन् ।

सुन्दरले विद्युतीय गाडी एसेम्बल गरी बंगलादेशसम्म निर्यात गर्ने दीर्घकालीन महŒवाकांक्षी योजना बनाएर  एसेम्बलिङ प्लान्ट निर्माणको काम अघि बढाएको छ । कम्पनीले बुटवलको सैनामैना नगरपालिकासँग ८ बिगाहा १० कट्ठा जग्गा भाडामा लिएर करीब रू. ३ अर्ब ६० करोड शुरुआती लगानीमा प्लान्ट स्थापना गर्न लागेको सुन्दरले प्लान्ट निर्माणका लागि कम्पनी छनोट गर्न टेन्डर पनि आ≈वान गरिसकेको छ ।

उक्त उद्योगमा नेपालका तर्पmबाट कम्पनीको लगानी भने एकदमै न्यून छ । सुन्दर भगिनी संस्थाका रूपमा रहने भएकोमा उद्योगमा चीनको सिचुआन गुहाङ अटोमोबाइलको ४७ प्रतिशत र यूएईको सेक कम्पनीको ४६ प्रतिशत लगानी रहनेछ भने सुन्दरको तर्पmबाट प्लान्टमा केबल ७ प्रतिशत लगानी रहने कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्