ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

विद्युत् समस्या समाधान गर्न प्राधिकरणको ध्यानाकर्षण

२०७८ भदौ, २४  
प्रदेश ०१
Chelsea International NA
author avatar अभियान संवाददाता

विराटनगर । उद्योग व्यवसायको क्षेत्रमा विद्युत् आपूर्तिमा भइरहेको अनियमितता तथा विद्युत्सँग सम्बन्धित अन्य नीतिगत समस्या समाधानका लागि उद्योग संगठन मोरङले नेपाल विद्युत् प्राधिकरणको ध्यानाकर्षण गराएको छ । बुधवार नेपाल विद्युत् प्राधिकरण प्रदेश नं १ ले आयोजना गरेको छलफल कार्यक्रममा संगठनका अध्यक्ष सुयश प्याकुरेलले विद्युत्को अनियमित आपूर्तिले उद्योग प्रतिष्ठानको उत्पादन लागत बढेको, उत्पादित वस्तुको गुणस्तर खस्किएको, मेशिनरी समस्याले सञ्चालन खर्च बढेको र प्रतिस्पर्धी क्षमतामै ह्रास आएको बताए । उद्योगी व्यवसायीका तर्फबाट आठबुँदे माग पेश गर्दै उनले विद्युत्सँग सम्बन्धित नीतिगत व्यवस्था र कार्यान्वयन तहमा सुधार गर्नुपर्ने औंल्याए ।

संगठनले प्राधिकरणलाई बुझाएको मागपत्रमा सानो झरी, वर्षा, हावाले समेत संरचना भत्किएर अत्यधिक पावर कट तथा ट्रिपिङ हुँदा मेशिन बिग्रिने, उत्पादन प्रक्रिया रोकिने र जेनेरेटरमा भर पर्नुपर्दा उत्पादन लागत बढ्ने भएकाले यसको दिगो समाधान खोज्नुपर्नेमा जोड दिइएको छ । विशेषगरी कटहरी क्षेत्रका उद्योग प्रतिष्ठान विद्युत्को संचरनागत सुधारको अभावले बढी समस्यामा रहेको भन्दै संगठनले त्यस क्षेत्रको समस्या यथाशीघ्र समाधान गर्न माग गरेको छ ।

यसैगरी कुनै उद्योगले बोइलर प्लान्टबाट उत्पादन गरेको विद्युत् उद्योगमा खपत हुन नसकेको अवस्थामा विद्युत् प्राधिकरणको प्रसारण लाइनमामार्फत पठाई विक्री गर्ने व्यवस्था नहुँदा सञ्चालन बढेको, उत्पादित विद्युत् समेत खेर गएकाले विद्युत् धेरै भएको समयमा विक्री गर्न र अपुग हुँदा खरीद गर्न सक्ने प्रावधानको चुस्त कार्यान्वयन हुनुपर्ने संगठनको माग छ । त्यसैगरी विद्युत्का कर्मचारीबाट असावधानीवश भएको त्रुटिको भागीदार उद्योगी÷व्यवसायीलाई बनाइनु नहुने भएकाले यस विषयमा स्पष्ट प्रावधान हुनुपर्ने लगायत माग संघले राखेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्