ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

बागमतीमा मन्त्रीमण्डल विस्तार

२०७८ भदौ, २४  
वाग्मती प्रदेश
Chelsea International NA

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले मन्त्रिपरिषद् विस्तार गरेकी छिन् । मुख्यमन्त्री शाक्यले बुधवार ६ मन्त्री र चार राज्यमन्त्री थप गरेकी हुन् । प्रदेशका नेकपा (एमाले)का संसदीय दलका मुख्य सचेतक दीपक निरौलाले नवनियुक्त मन्त्रीले बुधवार नै प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष शपथ ग्रहण गरेको जानकारी दिएका छन् ।

मन्त्रिपरिषद्मा एक मन्त्रीसहित दुई राज्यमन्त्री महिला छन् । आर्थिक मामिला तथा योजनामन्त्रीमा रचना खड्का, आन्तरिक मामिला तथा कानूनमन्त्रीमा डा अजयक्रान्ति शाक्य, भौतिक पूर्वाधार, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्रीमा शान्तिप्रसाद पौडेल, सामाजिक विकासमन्त्रीमा विजयराज सुवेदी, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्रीमा चन्द्रबहादुर लामा र स्वास्थ्यमन्त्रीमा प्रदीप कटुवाल नियुक्त भएका छन् ।

प्रदेश सरकारका प्रवक्ता केशवराज पाण्डेका अनुसार भौतिक पूर्वाधार विकास राज्यमन्त्रीमा जीवन खड्का, सामाजिक विकास राज्यमन्त्रीमा जुनेली श्रेष्ठ, उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्रीमा सरस्वती बाटी र भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्रीमा बद्री मैनाली नियुक्त भएका छन् । सामाजिक विकास मन्त्रालयबाट स्वास्थ्य मन्त्रालयलाई अलग गरिएको छ । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्