ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

सिटिजन्स म्युचुअल फण्ड-१ र २ को इकाई मूल्य समायोजन

२०७८ भदौ, २४  
लगानी
Chelsea International Image Not Found
author avatar अभियान संवाददाता

भदौ २४, काठमाडौं । बिहीवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सिटिजन्स म्युचुअल फण्ड -१ र सिटिजन्स म्युचुअल फण्ड-२ को इकाई मूल्य समायोजन गरेको छ । नेप्सेले दुवै फण्डले प्रस्ताव गरेको ४०/४० प्रतिशत नगद लाभांश प्रयोजनमा मूल्य समायोजन गरेको हो । 

बुधवार कायम सिटिजन्स म्युचुअल फण्ड-१ को अन्तिम इकाई मूल्य १५ रूपैयाँ २० पैसा र सिटिजन्स म्युचुअल फण्ड-२ को १५ रूपैयाँ ४९ पैसाका आधारमा नेप्सेले नगद लाभांश पछिको मूल्य ११ रूपैयाँ २० पैसा र ११ रूपैयाँ ४९ पैसा तोकेको हो । दुवै योजनाले प्रस्ताव गरेको नगद लाभांश प्रयोजनका लागि आज (एक दिन) बुक क्लोज गरेकाले नेप्सेले नगद लाभांश पछिको मूल्य तोकेको हो । 

सिविआईएल क्यापिटल लिमिटेडको व्यवस्थापनमा सञ्चालित दुवै योजनाले गत आर्थिक वर्ष ०७७/७८ का लागि एउटै अनुपातमा कर समेत ४० प्रतिशत नगद लाभांश वितरण गर्ने तयारी गरेका हुन् । 

बुक क्लोजको मिति पश्चात लाभांश वितरण गर्ने जानकारी क्यापिटलले दिएको छ । योजना व्यवस्थापक सिविआईएल क्यापिटलको गत भदौ १ गतेको सञ्चालक समितिको बैठकले दुवै योजनाको प्रतिफलका सम्बन्धमा निर्णय गरेको थियो ।

प्रतिक्रिया [1]
User Image

Ranram

[Sep 9, 2021 02:34am]

Cbil le pohar pani 15 first mai diyeko thiyo.ramro xa.


प्रतिक्रिया दिनुहोस्