ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

मुक्तिनाथ क्यापिटलको १२औं वार्षिक साधारण सभा असोज १ गते

२०७८ भदौ, २४  
लगानी
Chelsea International Image Not Found
author avatar अभियान संवाददाता

भदौ २४, काठमाडौं । मुक्तिनाथ क्यापिटल लिमिटेडको १२औं वार्षिक साधारण सभा असोज १ गते हुने भएको छ । 

कम्पनीले होटल क्राउन इम्पेरीयल, काठमाडौंमा अपरान्ह्र ४ बजे उक्त सभा शुरु हुने जानकारी दिएको छ । कम्पनीको भदौ ९ गते बसेको सञ्चालक समितिको बैठकले सभा गर्ने निर्णय गरेको हो ।

सभाको प्रस्तावमा सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम आव २०७७/७८ को मुनाफाबाट शेयरधनीाई चुक्तापूँजीको १८ प्रतिशत नगद लाभांश (कर समेत) वितरण गर्न स्वीकृत प्रदान गर्ने रहेको छ ।  

त्यस्तै, आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुका साथै लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने रहेको छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्