ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

दुई ठूला स्टील उद्योग आउँदै

२०७८ भदौ, २४  
१० वर्ष अघि
Chelsea International NA

बारा र रूपन्देहीमा दुई नयाँ स्टील उद्योग स्थापना गरिने भएको छ । बारामा नारायणी इस्पात प्रालि र रूपन्देहीमा एसआर आइरन इन्डस्ट्रिजले उद्योग स्थापनाको तयारी थालेका हुन् । दुवै उद्योगमा गरेर कुल एक अर्ब रूपैयाँ लगानी हुने बताइएको छ ।

बाराको जितपुरमा नारायणी इस्पात प्रालिले उद्योग स्थापनाको तयारी थालेको छ । उद्योग ६० करोड रुपैयाँको लगानीमा स्थापना हुनेछ । उद्योगले राल्ड प्रडक्ट ७५ हजार मेट्रिक टन, रिस्ट वायर १० हजार मेट्रिक टन, जीआई पाइप १० हजार मेट्रिक टन वार्षिक उत्पादन क्षमताको लक्ष्य राखेको छ ।

सञ्चालक सत्यनारायण क्यालका अनुसार उद्योग स्थापना हुने जग्गामा भौतिक पूर्वाधार निर्माणको तयारी सुरु भएको छ । ऋणबारे टुंगो नभएकाले उद्योग स्थापनाको काम ढिलो भएको उनले बताए । उनले भने, ‘बैंकिङ ऋणको टुंगो लाग्नेबित्तिकै प्लान्ट भित्र्याउन प्रतीतपत्र (एलसी) खोल्छौं ।’ क्यालका स्टार सिमेन्ट र नारायणी मिन्टलगायतका निर्माण सामग्री उद्योग छन् ।

त्यस्तै रूपन्देहीको पडसरी गाविसमा स्थापना हुने एसआर आइरन इन्डस्ट्रिजमा ४० करोड रुपैयाँको लगानी रहने सञ्चालक सीताराम उप्रेतीले बताए ।

उद्योगले छड, पत्ती, च्यानल लगायतका सामान उत्पादन गर्नेछ । यसको उत्पादन क्षमता प्रतिदिन एक सय २५ टन रहने उप्रेतीले बताए उद्योग स्थापनाको तयारी सुरु भइसकेपछि भदौपछि मात्र प्लान्टलाई आवश्यक पर्ने उपकरणका लागि प्रतीतपत्र खोल्ने बताइएको छ ।

वर्ष ५, अंक ४६, २०६७, साउन ३–९

प्रतिक्रिया [1]
User Image

sushil Adhikari

[Sep 9, 2021 04:37am]

काग लाई बेल पाक्यो हर्श न बिस्मात जे होस अरु बिहारी ले काम पाहुने भए खुशी लाग्यो लाचार निती ले गर्दा ।नेपाल एस्तो देश हो जहाँ नेपाली भन्दा बिदेश लाई प्रथमिक्ता दिन्छ


प्रतिक्रिया दिनुहोस्