ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

पोखरामा डिसहोम फाइबर नेट सेवा

२०७८ भदौ, २४  
बजार
Chelsea International NA
author avatar अभियान संवाददाता

काठमाडौं । डिस मिडिया नेटवर्क डिसहोमले कास्कीको पोखरामा डिसहोम फाइबरनेट सेवा सञ्चालनमा ल्याएको छ । पोखराको नयाँबजारस्थित भट्टराई एन्ड ब्रदर्स सप्लायर्स प्रालिमा पोखरा उद्योग वाणिज्य संघ अध्यक्ष नारायण कोइरालाले उक्त सेवा उद्घाटन गरे ।  

डिस होमका एरिया सेल्स म्यानेजर, सेल्स अफिसर, प्राविधिक, डिलर दाइहरु, स्थानीयलगायत सहभागी कार्यक्रममा भट्टराई एन्ड ब्रदर्स सप्लायर्सका अध्यक्ष  अम्बिकामोहन भट्टराईले डिसहोम फाइबर नेटको सेवाबारे जानकारी दिए । पोखरामा सेवा सञ्चालनमा आएपछि यस क्षेत्रका ग्राहकलाई सस्तो र गुणस्तरीय इन्टरनेट सेवा दिइने उनले बताए ।

कम्पनीले बुधबारबाट १० एमबीपीएसदेखि ग्राहक रोजाइअनुसार १०० एमबीपीएससम्मका प्याकेज उपलब्ध गराउनेछ । पोखरामा सुरु गरिएको यो सेवा क्रमशः यस क्षेत्रका ग्रामीण भेगमा पनि पु¥याइने डिस होमका एरिया सेल्स म्यानेजर प्रदीप सुवेदी ले जानकारी दिए ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्