ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

चितवन टाइगर्सको मुख्य प्रायोजकमा प्रभु पे

२०७८ भदौ, २४  
बजार
Chelsea International Image Not Found

काठमाडौं (अस) । आउँदो असोज ९ गतेदेखि काठमाडौंको त्रिविस्थित  अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा चौथो संस्करणको बजाज पल्सर एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–२० क्रिकेट प्रतियोगिता हुँदै छ । प्रतियोगिताको फ्रेन्चाइज टिम चितवन टाइगर्सलाई प्रभु पेले प्रायोजन गर्ने सम्झौता भएको छ ।

चितवन टाइगर्सका प्रमुख किशोर भट्टराई र प्रभु म्यानेजमेन्टका प्रमुख कुसुम लामाले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । एसोसिएट स्पोन्सरमा सिल्क ग्रुप रहेको छ । चितवन टाइगर्सले चितवन क्रिकेट संघको सहयोगमा गरेको ट्यालेन्ट हन्टबाट छनोट भएका खेलाडी सार्वजनिक गरेको छ । मंगलबार भरतपुरस्थित होटल चिराइँचुलीमा कर्पोरेट हाउस, पत्रकारको उपस्थितिमा ट्यालेन्ट हन्टबाट छानिएका खेलाडीबारे जानकारी गराएको हो ।

ट्यालेन्ट हन्टबाट कृजन गुरुङ, संघर्ष पौडेल, राजेश ढकाल, आकाश थापा र गौतम केसी छनोट भएका छन् । छनोट भएकाहरु चितवन टाइगर्सको प्रशिक्षणमा भदौ १० देखि सहभागी हुनेछन् । उनीहरुमध्ये एक जनालाई असोज २ गते अन्तिम टोलीमा घोषणा गरिनेछ । ट्यालेन्ट हन्टबाट छनौट भएका खेलाडीलाई चितवन टाइगर्सका प्रमुख किशोर भट्टराईले क्याप प्रदान गरेका थिए ।

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्