ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

भक्तपुर अस्पताललाई बीओकेको स्वास्थ्य सामग्री सहयोग

२०७८ भदौ, २४  
शेयर / बैङ्किङ गतिविधि
Chelsea International Image Not Found

काठमाडौं (अस) । बैंक अफ काठमाण्डू (बीओके) ले भक्तपुर अस्पताललाई १५० थान व्यक्तिगत सुरक्षात्मक उपकरण पीपीई, १५० प्याकेट मास्क र १५० प्याकेट मेडिकल पन्जा हस्तान्तरण गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उपलब्ध गराइएका उक्त स्वास्थ्य सामग्री बैंकका हेड बिजनेस सेट १  थमनबहादुर खत्रीले भक्तपुर अस्पतालका मेडिकल सुपरिन्टेन्डेट डा. सुमित्रा गौतमलाई हस्तान्तरण गरे ।  

उक्त व्यक्तिगत सुरक्षात्मक उपकरणले कोरोना प्रकोपबाट सिर्जित कठिन परिस्थितिमा सीमित स्रोत–साधनका बीच संक्रमण नियन्त्रणको अग्रस्थानमा खटिँदै आएका भक्तपुर अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीको सुरक्षामा सहयोग पुग्ने विश्वास बैंकले लिएको छ । हाल बैंकले ९० शाखा, ७८ एटीएम र १० एक्स्टेन्सन काउन्टरबाट बैंकिङ सुविधा दिँदै आएको छ ।

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्