ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

एफपीओ जारी गर्ने प्रस्ताव पारित गर्न युनिक नेपाल लघुवित्तले बोलायो विशेष साधारण सभा

२०७८ भदौ, २४  
लगानी
Chelsea International Image Not Found
author avatar अभियान संवाददाता

भदौ २४, काठमाडौं । एफपीओ जारी गर्ने प्रस्ताव पारित गर्न युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले दोस्रो विशेष साधारण सभा असोज ८ गते बोलाएको छ ।

गत भदौ १९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले विशेष साधारण सभा गर्ने निर्णय गरेको हो। सभा बाँकेको कोहलपुरस्थित संस्थाको केन्द्रीय कार्यालयमा बिहान ११ बजेबाट शुरु हुने कम्पनीले बताएको छ।

सभाले युनिक नेपाल र घोडीघोडा लघुवित्त आपसमा गाभ्ने वा गाभिने सम्बन्धी विशेष प्रस्ताव अनुमोदनसमेत गर्नेछ। सभाले थप सार्वजनिक निष्कासन(एफपीओ) गर्ने प्रस्ताव उपर छलफल गरि पारित गर्नेछ ।

साथै सभाले भविष्यमा अन्य कुनै लघुवित्त वित्तीय संस्था एक आपसमा गाभ्ने/ गाभिने तथा प्राप्ति हुने प्रयोजनका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गर्नेछ। त्यस्तै सभाले राष्ट्रियस्तरको लघुवित्त वित्तीय संस्था बनाउन प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्