ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

ओरियन्टल होटल्सको साधारण सभा असोज १९ गते

२०७८ भदौ, २४  
लगानी
Chelsea International Image Not Found
author avatar अभियान संवाददाता

भदौ २४, काठमाडौं । ओरियन्टल होटल्स लिमिटेडले असोज १९ गते साधारण सभा बोलाएको छ ।

कम्पनीले बिहान ११ बजे भर्चुअल माध्यमबाट वार्षिक साधारण सभा गर्न  लागेको बताएको छ । कम्पनीले गत आर्थिक वर्ष २०७७/ ७८ बाट शेयरधनीहरुलाई लाभांश भने नदिने भएको छ ।

सभाले संस्थापक शेयरधनीको तर्फबाट  चार जना, सर्वसाधारण शेयरधनीको तर्फबाट दुई जना र एक  जना स्वतन्त्र गरी सात जना सञ्चालकको निर्वाचन गर्नेछ ।साथै सभाले आव २०७७/ ७८ को वित्तीय विवरण पारित गर्ने र लेखापरीक्षक नियुक्त गर्ने प्रस्तावहरु पारित गर्नेछ ।

कम्पनीले साधारण सभा प्रयोजनको लागि असोज ४ गतेदेखि १९ गतेसम्म बुक क्लोज गर्न लागेको छ । त्यस अनुसार भदौ ३१ गतेसम्म कायम शेयरधनीमात्रै साधारण सभामा सहभागि हुन सक्नेछन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्