ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

मेगा म्युचुअल फण्ड–१ को इकाई बाँडफाँट 

२०७८ भदौ, २४  
लगानी
Chelsea International Image Not Found
author avatar अभियान संवाददाता

भदौ २४, काठमाडौं । मेगा क्यापिटल मार्केट्स लिमिटेडले भदौ ४ गते देखि १० गतेसम्म विक्री गरेको मेगा म्युचुअल फण्ड–१ को इकाई बाँडफाँट गरेको छ । 

क्यापिटलले भदौ २३ गते १२ करोड ५० लाख इकाई बाँडफाँट गरेको हो । इकाई खरीदका लागि मागभन्दा बढी आवेदन पर्न आएकाले योजनाको आकारमा २५ प्रतिशत इकार्य थप गरी बाँडफाँट गरिएको क्यापिटलको भनाइ छ । 

क्यापिटलले प्रतिइकाई रू. १० अंकित मूल्यमा रू. १ अर्ब बराबरको १० करोड इकाई विक्री गरेको थियो । फण्डको कुल इकाई मध्येबाट पनि १५ प्रतिशत वा १ करोड ५० लाख इकाई काष प्रवर्द्धक मेगा बैंकलाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सार्वजनिक निष्कासनमार्फत विक्री गरिएको हो ।

 बाँडफाँटका क्रममा भने २५ प्रतिशत अर्थात् २ करोड ५० लाख कित्ता थप गरी १२ करोड ५० लाख कित्ता इकाई वितरण गरिएको हो । यस इकाई खरीदका लागि न्यूनतम १०० कित्तादेखि एक करोडसम्म माग गर्दै आवेदन दिन सकिने व्यवस्था थियो । 

क्यापिटलले १० वर्षे अवधिको बन्दमुखी प्रकृतिको योजना सञ्चालनका लागि रू. १ अर्ब २५ करोड बराबरको इकाई विक्री गरेको हो । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्