ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

सुन र चाँदी दुवैको मूल्य घट्यो

२०७८ भदौ, २४  
बजार
Chelsea International Image Not Found
author avatar अभियान संवाददाता

भदौ २४, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बिहीवार पनि ओरालो लागेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीवार सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला फाइन गोल्ड ९० हजार ६०० रुपैयाँ र तेजाबी गोल्ड ९० हजार १०० रुपैयाँ कायम भएको छ।

बुधवार भने सुनको  मूल्य तोलामा ७०० रुपैयाँले घटेको थियो। बुधवार प्रतितोला फाइन गोल्ड ९० हजार ७०० रुपैयाँ र तेजाबी गोल्ड ९० हजार २०० रुपैयाँमा किनबेच भएको थियो।

बिहीवार चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेर १ हजार २१० रुपैयाँमा कारोबार भइरहेको छ। बुधवार भने तोलामा १० रुपैयाँ घटेर चाँदी १ हजार २२० रुपैयाँमा कारोबार भएको थियो। 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्