ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

नेपाल टेलिकम उत्कृष्ट दूरसञ्चार ब्राण्डको रुपमा सम्मानित 

२०७८ भदौ, २४  
बजार
Chelsea International Image Not Found
author avatar अभियान संवाददाता

भदौ २४, काठमाडौं । नेपाल टेलिकम सन् २०२१ को लागि नेपालको उत्कृष्ट दूरसञ्चार ब्राण्डको रुपमा सम्मानित भएको छ।

बेलायती म्यागजिन ग्लोबल बिजनेस आउटलूकले प्रत्येक वर्ष प्रदान गर्ने उत्कृष्ट टेलिकम कम्पनीहरुको सूचीमा यस वर्ष नेपालको नेपाल टेलिकमले सफलता पाएको हो । हालै सार्वजनिक सूचीअनुसार दूरसञ्चारतर्फ नेपालसहित ओठ ओटा देशका कम्पनीहरुले अवार्ड पाएका छन् । जसअनुसार नेपाल टेलिकम उत्कृष्ट दूरसञ्चार ब्राण्ड हुँदै “बेस्ट टेलिकम्युनिकेसन ब्राण्ड” बनेको हो।

पछिल्लो दिनमा नेपाल टेलिकम फाइभजी नेटवर्क परीक्षणको तयारीमा रहेको छ भने देशभर फोरजी सेवा बिस्तार गरिरहेको छ। यसका साथै कम्पनीले एफटीटीएच समेत तिब्रगतिमा बिस्तार गर्न तयारी गरिरहेको छ ।

यसका साथै नेपालकै एनसेल आजियाटा लिमिटेडले पनि अवार्ड पाएको छ । एनसेलले सबैभन्दा सामाजिक संस्थागत उत्तरदायित्व जिम्मेवार बहन गर्ने दूरसञ्चार कम्पनीको अवार्ड पाएको हो ।
यसले दूरसञ्चारसहित बैंकिङ्ग, बीमा, वित्त, यातायात, स्टार्टअप प्रविधिलगायतका क्षेत्रहरुमा विश्वभरबाट छनौट गरेर वार्षिक अवार्ड दिने गर्दछ। एजेन्सीको सहयोगमा

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्