ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

०.६२ अंकले घटेर नेप्से २८७५.९७ विन्दुमा, जलविद्युत् कम्पनीमा लगानीकर्ताको आकर्षण

२०७८ भदौ, २४  
लगानी नेप्से विश्लेषण
Chelsea International Image Not Found
author avatar अभियान संवाददाता

भदौ २४, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीवार अघिल्लो दिनको तुलनामा बजार झिनो अंकले घटेको छ ।

यो दिन शून्य दशमलव ६२ अंकले  मात्रै बजार घटेको हो । यो दिन कारोबारपछि नेप्से परिसूचकले २ हजार ८७५ दशमलव ९७ विन्दु कायम गरेको छ।  यो दिन कारोबार रकम भने अघिल्लो  दिनको तुलनामा सामान्य बढेको छ। यस दिन २३० ओटा कम्पनीको १ करोड ४४ लाख ७४ हजार ८५५ कित्ता शेयर ७ अर्ब ५ करोड ७ लाख ७० हजार रुपैयाँमा खरीदविक्री भएको छ।

जलविद्युत समूह ६२ र जीवन बीमा समूह ५९ अंकले बढेको छ भने व्यापार र लगानी समूह भने एक अंक मुनि हरियो रहेको छ। यस दिन जलविद्युत् कम्पनीहरुमा लगानीकर्ताको आकर्षण  देखिएको छ।

यो दिन जलविद्युत कम्पनीको शेयर सर्किट लेभलमा कारोबार भएको छ भने अन्य धेरै हाइड्रोपावर कम्पनीको शेयरमूल्य पनि बढेको पाइएको छ । यो दिन जलविद्युत उपसमूहको सूचक सबैभन्दा धेरै अर्थात् १ दशमलव ९१ प्रतिशतले बढेको छ।

त्यसैगरी बैंकिङ २, होटल तथा पर्यटन ३, विकास बैंक १२, फाइनान्स ३६, निर्जीवन बीमा ६, उत्पादन २१, अन्य २२ र माइक्रोफाइनान्स समूह १७ अंकले घटेको छ। 

यो दिन हिमालयन पावर पार्टनरको मूल्य १० प्रतिशतले बढेको छ भने सानिमा लाइफ इन्स्योरेन्सको मूल्य ९ दशमलव ९ प्रतिशतले बढ्यो। हालै सूचीकृत उक्त कम्पनीको मूल्य यो दिन प्रतिकित्ता ५४७ रुपैयाँ पुगेको छ।

त्यसैगरी ग्लोबल आइएमई बैंक संस्थापक समूहको मूल्य ९ दशमलव ६ प्रतिशतले बढेको छ। रैराङ हाइड्रोपावरको मूल्य ९ दशमलव २ तथा ग्रीनलाइफ हाइड्रोपावरको मूल्य आठ प्रतिशतले बढेको छ। 

यो दिन रिडी हाइड्रोपावरको मूल्य पाँच प्रतिशतले घटेको छ भने आइसिएफसी फाइनान्सको मूल्य चार प्रतिशतले घटेको छ। कारोबारका आधारमा रिडी हाइड्रोपावर अग्रस्थानमा रहेको छ । यो दिन उक्त कम्पनीको ४९ करोड रुपैयाँको शेयर खरीदविक्री भएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्