ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

भारतमा फेरि बढ्न थाल्यो कोरोना संक्रमितको संख्या        

२०७८ भदौ, २४  
अन्तरराष्ट्रिय
Chelsea International Image Not Found

भदौ २४, नयाँदिल्ली । भारतमा कोरोना भाइरसबाट दैनिक संक्रमितको संख्यामा फेरि वृद्धि भएको पाइएको छ ।

भारतमा केही हप्तादेखि दैनिक संक्रमितको संख्यामा वृद्धि हुँदै आएपनि पछिल्ला केही दिनमा घटबढ हुने गरेको देखिएको छ ।सरकारी अधिकारीले बिहीवार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा थप ४३ हजार २६३ जना नयाँ संक्रमित भएका छन् ।

जवकी अघिल्लो दिन दैनिक संक्रमितको संख्या कम भएको थियो । पछिल्लो एक दिनमा भारतमा कोरोनाभाइरसका कारण थप ३३८ जनाको मृत्यु भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । एक दिनमा कुल मृत्यु भएकामध्ये १८१ जना केरला राज्यकै रहेको अधिकारीले बताएका छन् । त्यसैगरी केरलामा मात्रै एक दिनमा ३० हजार १९६ जना संक्रमित भएका छन् ।     
     
 भारतमा सक्रिय संक्रमितको अवस्थामा भने कमी आएको देखिएको छ । केही दिन आगाडि ४ लाखभन्दा बढी रहेको सक्रिय संक्रमितको संख्या अहिले घटेको छ ।  मन्त्रालयका अनुसार बिहीवार भारतमा ३ लाख ९३ हजार ६१४ जना कोरोनाभाइरसबाट संक्रमित अवस्थामै रहेको तथ्याङ्क छ ।     
     
 सोही अवधिमा भारतमा ४० हजार ५६७ जना कोरोनभाइरसबाट संक्रमणमुक्त भएका छन् । एउटै समयमा संक्रमणमुक्त भएकाको संख्याभन्दा नयाँ थपिएका संक्रमितको संख्या धेरै रहेको छ । भारतमा अहिलेसम्म संक्रमणमुक्त भएकाको कुल संख्या ३  करोड २३ लाख चार हजार ६१८ रहेको मन्त्रालयले बताएको छ ।  रासस/ एएनआई 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्