ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

थपिए १२७१ जना कोरोना संक्रमित, १४ जनाको मृत्यु

२०७८ भदौ, २४  
समाचार
Chelsea International Image Not Found
author avatar अभियान संवाददाता

भदौ २४, काठमाडौं । नेपाला विगत २४ घटामा १ हजार २७१ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीवार दिएको जानकारी अनुसार सो अवधिमा  ८ हजार ८९८ पीसीआर परीक्षणमा १ हजार ५८ र ३ हजार ४६ ओटा एन्टिजेन परीक्षणमा २१३ जना गरी १हजार २७१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यसैगरी सो अवधिमा  कोरोना संक्रमणका कारण १४ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा हालसम्म १० हजार ९०३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । मन्त्रालयका अनुसार नेपालमा हाल कोरोनाका सक्रिय संक्रमितको संख्या २८ हजार ६७८ रहेको छ ।

जसमध्ये २६ हजार ८८६ जना होम आईसोलेशनमा रहेका छन् भने १ हजार ७९२ जना संस्थागत आईसोलेशनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ४५८ जना आईसीयू र १३९ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

यसैगरी १० वर्ष मुनिका ३२ जना बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका १०५ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्