ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

साथी मार्टले सञ्चालनमा ल्यायो ७६ औं आउटलेट मैतिदेवीमा 

२०७८ भदौ, २४  
बजार
Chelsea International Image Not Found
author avatar अभियान संवाददाता

भदौ २४, काठमाडौं । नेपालकै पहिलो ओ टु ओ कमर्स (अनलाइन टु अफलाइन) सुबिधा दिंदै आएको साथी मार्टले काठमाडौको मैतिदेवीमा ७६ औं आउटलेट सञ्चालनमा ल्याएको छ ।

साथी मार्टको मैतिदेवी आउटलेट फ्रेन्चाइज नभइ साथी मार्ट इनकर्पोरेट प्रालिको पुर्ण स्वामित्व (कोको मोडल) मा रहेको साथीमार्ट इनकर्पोरेट प्रालिका संस्थापक सीईओ सागर पोख्रेलले बताए ।

उपभोक्ताले साथी मार्टको आधिकारिक वेबसाइटमा आफुलाई आवस्यक सामान रोजेर अर्डर गरि घरैमा डेलिभरी मगाउन सक्ने पनि उनले बताए । ।

स्टोरबाट ग्राहकले ३५ प्रतिशतसम्मको आकर्षक छूट फल्यास सेल, डिल अफ द मन्थजस्ता अफर गरि सहुलियत पाउने छन् । होम डेलीभरी, पिक अप, अफीलीएट समेतको सुबिधा नयाँ आउटलेटमा उपलब्ध हुने कम्पनीले बताएको छ ।

आउटलेटमा ग्रोसरी, कस्मेटिक, बेकरी, होमकेयर, बेबिकेयर, किचन वयर, लिकर, बर्थ डे, गिफ्ट, तरकारी फलफूल, पेट फुड, इलेक्ट्रोनिक्स लगायतका सामान विशेष छूटमा रहेका छन् । 

यसका साथै चालू आर्थिक वर्षभित्र फ्रेन्चाइज बाहेक साथी मार्टकै लगानीमा नेपाल विभिन्न शहरमा १० ओटा  आउटलेट खोलिने योजना रहेको सीईओ पोख्रेलले बताए । एफीलीएट योजनासमेत शुरु हुने भएकाले केही महीनामै काठमाडौंका हजरौं युवाले स्वरोजगार हुने मौका पाउने पनि उनले दावी गरेका छन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्