ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

नेपालमा क्रिप्टोकरेन्सीको कारोबार गैरकानूनी : राष्ट्र बैंक

२०७८ भदौ, २४  
समाचार
Chelsea International Image Not Found
author avatar अभियान संवाददाता

भदौ २४, भदौ । नेपाल राष्ट्र  बैंकले नेपालमा कुनै पनि प्रकारका क्रिप्टोकरेन्सीहरुको कारोबार, प्रयोग तथा माइनिंग गैरकानूनी रहेको स्पष्ट गरेको छ ।

केन्द्रीय बैंकले बिहीवार सूचना जारी गर्दै क्रिप्टोकरेन्सीहरुको कारोबार, प्रयोग तथा माइनिंग नगर्न तथा नगराउन भनेको छ ।

साथै उसले क्रिप्टोकरेन्सीहरुको कारोबार, प्रयोग तथा माइनिंग जस्ता कार्यमा संलग्न हुन प्रोत्साह गर्ने गराउनेसमेत गरेको पाइएको र त्यस्तो कारोबारबाट सर्वसाधारण ठगिएको तथा ठगिन सक्ने देखिएकोले त्यस्तो कार्य गरे/ गराएको पाइएमा प्रचलित कानून बमोजिम कारवाही हुने पनि सूचनामा उल्लेख गरेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्