ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

जापानद्वारा खानेपानी र कृषिका लागि ८ करोड सहयोग

२०७८ भदौ, २५  
वाग्मती प्रदेश
Chelsea International NA
author avatar सुन्दर शिरीष

सिन्धुपाल्चोक । पानीको पहुँच र कृषि आम्दानी सुधारमा सघाउन जापान सरकारले सिन्धुपाल्चोकलाई ८ करोड ३२ लाख १० हजार रुपैयाँ अनुदान दिएको छ । नेपालका लागि जापानी राजदूत किकुता युताका र जापानको अन्तरराष्ट्रिय गैरसरकारी संस्था पीस विन्ड्सका प्रतिनिधि यामागुची नानाले बुधवार उक्त अनुदान सहयोग सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । ‘पीस विन्ड्सले स्वीटेबल एक्सन फर प्रस्पेरिटी’ नामक स्थानीय गैरसरकारी संस्थासँगको सहकार्यमा जिल्लाका मेलम्ची नगरपालिकासहित बलेफी र सुनकोशी गाउँपालिकामा परियोजना सञ्चालन गर्न उक्त अनुदान रकम खर्चिने बताइएको छ ।

परियोजनाले सो क्षेत्रका स्थानीयको स्वास्थ्य र सरसफाइमा योगदान पुग्नेगरी गुणस्तरीय खानेपानीमा पहुँच सुनिश्चितका लागि काम गर्नेछ । त्यस्तै, स्थानीय कृषि उत्पादनका लागि बजारको प्रबन्ध गरिदिएर त्यहाँका बासिन्दाको आयस्रोत उकास्न पनि यो परियोजना सहयोगी हुने बताइएको छ ।

‘यो परियोजनाले स्थानीयवासीको आय र जनजीवनलाई स्थिर बनाउन पानीमा पहुँच सुधार गरी तरकारीखेतीको थालनीमा सघाउनेछ,’ सम्झौतापत्रमा भनिएको छ, ‘यसअन्तर्ग सुरक्षित खानेपानीको व्यवस्था गर्ने, मर्मत सम्भारका लागि स्थानीय समितिलाई प्रोत्साहित गर्ने योजना सञ्चालन हुनेछन् । पानी आपूर्ति प्रणालीले यस क्षेत्रको स्वास्थ्य एवं सरसफाइमा सुधार र कृषि उत्पादन बढाउन सहयोग पु¥याउने अपेक्षा गरिएको छ ।’ स्थानीय कृषि उत्पादनको बजारीकरणमा पनि यो परियोजनाले सघाउ पु¥याउने बताइएको छ ।

अनुदान सहयोगसम्बन्धी सम्झौता कार्यक्रममा जापानी राजदूत किकुताले समुदायमा आधारित यस्ता परियोजनाले स्थानीय बासिन्दाको जीवनस्तर उकास्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । ‘हामीले ग्रामीण क्षेत्रमा गर्न लागेको लगानीलाई फलदायी बनाउन लक्षित समुदायबाट सहयोगको अपेक्षा गरेका छौं,’ उनले भने । कोरोना महामारीका कारण संकट परिरहेका बेला यस्ता खालका परियोजनाले समृद्ध समाज निर्माणमा महŒवपूर्ण योगदान पुग्ने उनको भनाइ छ ।

‘मलाई आशा छ, यो परियोजनाले स्थानीय समुदायको जीवनमा सुधार आउनेछ,’ उनले भने, ‘जापानले समुदायमा आधारित यस प्रकारका परियोजनामा सघाउँदै छ, गैरसरकारी संस्थाहरूसँग मिलेर हामीले विशेषगरी दुर्गम जिल्लामा स्थानीयको जीवनस्तरमा परिवर्तन ल्याउने काम गरिरहेका छौं ।’ यस्ता परियोजनाले गरीबी निवारणका लागि योगदान पु¥याउने र जापान–नेपालको जनताबीच मैत्रीपूर्ण सम्बन्ध थप बलियो बनाउने विश्वास उनले व्यक्त गरे ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्